सरकारी,गैरसरकारी संस्थाको कागजी प्रतिबेदनमा मात्र सीमित भयो 'समाज परिवर्ततन' !
- दिनेश न्यौपाने अछाम ।
प्राय जसो खासै काम केहि नभए पनि ब्यस्त नै हुन्थे । हिजो एका बिहानै बिहानै साढे ६ बजेको समाचार पढेर सकाएर अफिसमा नेट थिएन । म मोबाइलमा डाटा चलाउदै अनलाइनमा लेखहरु पढि रहेको थिए । पढ्दा पढ्दै बिहानको १० बजी सके छ ।
१० बजेको समाचार पनि अफिसमा अरु कोहि नभएकाले आफैले करिब ५ मिनेटको समाचार पढे । मोबाइलमा समाचार र लेख पढ्दा पढ्दै डाटा पनि सकियो । ब्यालेनस पनि थिएन । अब यो खाली समय कसरि बिताउने सोच्दै गर्दा एक्कासी नुहाउन जाने निर्णय गरियो । अछामाको जयगढ बजारबाट करिब ३०० मिटर टाढाको दूरीमा अफिस छ । यता नुहाउनलाई प्रयाप्त मात्रामा पानी पाइदो रहेनछ ।
त्यसैले नुहाउनकै लागी करिब ३० मिनेटको दुरि पार गरियो। एक जना स्टाफलाई नुहाउन जाउ भन्दै नुहाउने क्रममा धारा तिर लागीयो । धारामा नुहाउने मानिसहरुको भिड थियो करिब ५/६ जना नुहाउनकै लागी पालो पर्खेर बसिरहेका थिए । अब के गर्ने भनेर अलमलमा परे ।
अब भएन यो लाइनमा पालो पर्खेर बस्नु भन्दा त बरु अलि उता तिरको गाउ घुम्न जान भनेर स्टाफलाई आग्रह गरे । हुन्छ भन्दै ५ मिनेट मात्रै अगाडी गएको के थिए ! जहा तल माथी वरि परि घर छन् , बिचमा करिब २÷३ मिटरको फरकमा चौर थियो । त्यो चौरमा जाने बित्तिकै मैले नाक र मुख छोप्नु पर्ने स्थिति आयो । म यसो गाउ हेरफेर गर्न गाको त त्यो अवस्था देख्दा खुल्ला दिसा मुक्त भएको अछाम जिल्लामा अझै यस्तो किन भनेर मन मनै प्रश्न गरिरहेको थिए ।
त्यहि समयमा त्यहि नजिकै घर भएका एक जना आइपुग्नु भयो र उहाले सोध्नु भयो । कता बाट आउनु भएको ? किन आउनु भएको ? काहा हो घर ? लगाएतका प्रश्न गर्न थाल्नु भयो । मैले यि सबै कुराको जवाफ उहालाइ दिए । र कुरा कानि अगाडी बढाए । के छ आरामै हुनुहुन्छ ? भनेर मैले प्रश्न गरे । उहाले भन्नु भयो आरामै छु । मैले पनि उहाको सबै खबर खबर सोधे । सबै जवाफ दिनु भयो ।उहा हुनुहुन्थ्यो बदादेबि गाबिस वडा नम्बर ७ का जय सि साउँद, करिब ४५÷४६ बर्षको हुनुहुन्थ्यो । मैले त्यो ठाउ नजिकै देखेको दृष्यको बारेमा केहि कुराहरु सुरु गरे ।
चौरमै यस्तो खुल्ला रुपमै दिसा ?
यो चौरमा मात्रै होइन यता उता जता त्यतै यस्तै हो ३०÷३५ घर छन् सौचालय नभएका करिब १५ भन्दा धेरै हुन सक्छन् ।
तपाईको घरमा सौचालय छ कि छैन ?
ढुक्कका साथ छैन् ।
किन नबनाउनु भाको त ?
आफुलाई बिहान बेलका छाक टार्न गार्हो छ कसरि चर्पि बनाउनु ।
अछाम खुल्ला दिसा मुक्त होइन र ? खुल्ला रुपमा दिसा किन ?
भएको हो त भन्छन् । तर चौरमै खुल्ला दिसा गर्छन चर्पि छैन ।
अनि तपाइ के गर्नु हुन्छ त ?
केटाकेटी यहि चौरमा दिसा पिशा गर्छन् म र मेरो परिवार चाहि हातको इसारा गर्दै नजिकैको जंगल देखाउदै त्यहि जान्छौ ।
पानिको समस्या छ ?
समस्या छैन यहा नजिकै धारा छ त्यति समास्या पानीको छैन् ।
सरसफाई परिचय पत्रे छ ?
दिइएको छ ।
गाबिस बाट पाउने सेवा सुबिधा पाउनु हुन्छ ?
त्यस्तो पाउने सेवा सुविधा त केहि छैन् केहि भए पाइन्छ ।
अछाम जिल्ला लाई २०७० चैत ५ गते खुल्ला दिसामुक्त क्षेत्र भनेर बाजागाजासहित हर्ष उत्साहका साथ घोषाण गरिएको थियो । यँहा खुल्ला दिसाका नाममा सरकारी तथा गैर सरकारि संस्था नाफायुक्त र समाजमा बस्ने नागरिक निरोगी मुक्त बन्दै छन् ।
कागजी प्रतिबेदनमा हरेक अभियान घोषणा गर्न अछामका सबै निकायहरु पहिलो नम्बर छन् । तर त्यस्को अनुगमन र फलोअपमा कोही छैन् । जिल्लाका प्राय सबै गाबिसहरु खुल्ला दिसा मुक्त भएका भए पनि कतै पानी अभाब कतै आर्थिक अभाबले सौचालय बनेका छैनन् ।
छर छिमेक हुन या विद्यालय सबै क्षेत्रमा घोषणामा मात्रै सिमित छन् । नियमनकारी निकायले चासो दिनु त परैको कुरा हो । खुल्ला दिसा समन्धि तयार पारेका नियम कानुनको पनि ध्वज्जी उडेको छ ।
एक पटक कागजी रुपमा लिएर दुनियाको लाखौ करोडौ रकम कुम्ल्यायो त्यसपछिको निरन्तर्ता कुनै सस्थाले दिदैन । सरकारी,गैरसरकारी संस्थाको कागजी प्रतिबेदनमा समाजको के परिवर्ततन ? यस्को जवाफ सम्बन्धित निकायले जनाता माझ दिनु पर्छ । परिवर्तन भयो त केवल कागजि प्रतिबेदन देखाउदै भ्रष्टाचारको जालो मौलायो । त्यसैले घोषणा मात्र नगरि अनुगमन गरि कार्यक्रमलाई प्रभाबकारी बनाऔ ।
प्रतिकृया दिनुहोस्
Loading...