अज्ञात समूहद्वारा जनकपुरको पर्यटन कार्यालयमा आगजनी



जनकपुर,२४ फागुन ।

जनकपुरको पर्यटन कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ ।

पिडारीचोकमा रहेको कार्यालयमा मंगलबार बेलुका ७ बजे १५/१६ जनाको संख्यामा आएका नचिनेका मानिसको समूहले आगजनी गरेका हुन् ।

बन्द कार्यालयमा भेन्टिलेशनबाट पेट्रोल बम भित्र खसालेर आगजनी गरेको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ । कार्यालय प्रमुखकै कक्षमा आगजनी भएपछि केही फर्निचर र टेबुल पंखा जलेको छ ।

बेलैमा आगो नियन्त्रणमा लिएपछि अन्य कागजात जल्नबाट बचेको प्रहरीको भनाई छ । आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...