नेपालमै पहिलोपटक ‘मिस्टर एण्ड मिस हस्पिटालिटि’ हुने

  • पोखरा, २६ फागुन ।

हस्पिटालिटि क्षेत्रलाई लक्षित गर्दै नेपालमै पहिलोपटक फरक शैलीको ‘ब्यूटि पेजेन्ट’ हुने भएको छ । एपी इन्टरटेन्मेन्टले पोखरामा यो इभेन्ट गर्न लागेको हो । आयोजकले बुधबार यो इभेन्टको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

‘मिस एण्ड मिस्टर हस्पिटालिटि’ टाइटल दिएर हुन लागेको इभेन्ट साबिक भैरहने अन्य ‘ब्यूटि पेजेन्ट’को तुलनामा फरक शैलीको हुने आयोजकले दाबी गरेको छ । ‘हस्पिटालिटि क्षेत्र धेरै व्यवसायसँग कनेक्टेड क्षेत्र हो । र, यससँग सम्बन्धित प्रतिभाहरुका लागि यस्तो खाले इभेन्ट भएको थिएन । त्यसैले हामीले नयाँ कन्सेप्टमा यो कार्यक्रमलाई अगाडि ल्याएका हौँ ।’ एपी इन्टरटेनमेन्टका अर्जुन पाण्डेले भने–‘यो इभेन्टमा हस्पिटालिटि क्षेत्रसँग सम्बन्धित युवा र युवतीले मात्रै सहभागिता जनाउन पाउनेछन् ।’ कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजको प्रस्तुतीमा यो इभेन्ट हुन लागेको हो ।

यो इभेन्टमा सहभागिताका लागि आवेदन खुला भैसकेको आयोजकले बताएको छ । आयोजकका अनुसार पोखरा, चितवन, बुटवल र काठमाण्डौमा ‘मिस्टर एण्ड मिस हस्पिटालिटि’को लागि अडिसन राखिनेछ । अडिसनबाट ४० भन्दा बढि युवायुवतीको सहभागिता हुने आयोजकको अनुमान छ ।

अडिसनबाट छानिएका सहभागीहरुका लागि २२ दिनको बन्द प्रशिक्षण राखिने आयोजकले बताएको छ । यो २२ दिनको प्रशिक्षणको क्रममा विभिन्न होटलका संचालक, सेफ तथा म्यानेजरहरुसँग उनीहरुलाई अन्तरक्रिया गराईनेछ । यो बीचमा सहभागीहरुले हस्पिटालिटि क्षेत्रको बारेमा धेरै ज्ञान लिन सक्ने आयोजकले दाबी गरेको छ ।

प्रशिक्षण पछि सहभागीहरुबीच ट्यालेन्ट राउण्ड हुनेछ । र, ट्यालेन्ट राउण्डको क्रममा उनीहरुले यसै क्षेत्रसँग सम्बन्धित प्रतिभा देखाउन सक्नेछन् । ट्यालेन्ट राउण्डपछि हुने ग्राण्ड फिनालेमा सहभागीहरुलाई सेफ कोट र वेटर ड्रेसमा र्याम्पमा समेत हिँडाईने पाण्डेले जानकारी दिए ।

यो इभेन्टमा सहभागी भएर उत्कृष्ट हुने केटा र केटीलाई ७५÷७५ हजार रुपैयाँ सँगै तारे होटलमा जागिरको ग्यारेन्टी दिने आयोजकले बताएको छ । त्यस्तै आयोजकले फस्ट रनरअपलाई ५० हजार, सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँसँगै जागिरको ग्यारेन्टी दिएको छ । आयोजकले विजेताहरुसँगै उत्कृष्ट १० जना सहभागीहरुलाई जागिरको ग्यारेन्टी दिईने जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...