पोखराको बिजयपुरमा शंकास्पद बस्तु भेटियो, बम हुन सक्ने आशंका

  • काठमाडौं, २८ फागुन ।

पोखराको बिजयपुरमा शंकास्पद बस्तु भेटिएको छ । बिजयपुरखोलामा रहेको पोखरा आउने मुख्य सडक जोड्ने पुलमाथी शंकास्पद बस्तु भेटिएपछि प्रहरीले घेरा हालेर बसेको छ । 

पुलमाथि तारले बाँधेको बस्तु बम हुन सक्ने आशंका गरिएको छ । आज नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण जनजिवन प्रभावित छ । बन्दमा प्रहरीले स्कर्टीङ्ग गरि केही लामो दुरीको सवारीसाधन काठमान्डौ पठाउने तयारी गरेको थियो । 
बजारमा केही मात्रामा निजि सवारीसाधन चल्न थालेपछि पार्टीका कार्यकर्ताहरुले पोखराको पृथ्वीचोकमा रहेको चाईनापुलमा एक ट्रक तोडफोड गरेका छन । यसैगरी एक पर्यटक गाडी पनि तोडफोड भएको छ । त्यसैगरि पोखराको फिर्के पुलमा पनि बन्दकर्ताहरुले टायर बालेका छन ।

,

प्रतिकृया दिनुहोस्

Loading...