मधेसी मोर्चा सप्तरीद्वारा एमाले समर्थकलाई सामाजिक बहिष्कारको चेतावनी
सप्तरी, २४ फागुन ।
मधेसी मोर्चा सप्तरीले एमाले समर्थकलाई सामाजिक बहिष्कारको चेतावनी दिएको छ ।
मंगलबार राजविराजमा बसेको मोर्चाको बैठकले सोमबार प्रहरीको गोलीबाट मारिएका तीन जनालाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन र घाइतेहरुको उपचार व्यवस्था गर्न माग गरेको छ ।
मोर्चाले एमालेका समर्थकहरुलाई जिल्लामा सामाजिक बहिष्कार गर्ने समेत निर्णय गरेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोमबारको घटनाको विरोधमा मोर्चाले सप्तरीमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । साथै, ६ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।
मोर्चाले सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरीका एसपीलाई निलम्बन गर्नुपर्ने, सप्तरी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने सरकारसँग माग गरेको छ ।
मधेसी मोर्चा सप्तरीले राष्ट्रिय मानवअधिकार आयोगप्रति पनि आक्रोश व्यक्त गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति ।
हेर्नुहोस् विज्ञप्ति ।
प्रतिकृया दिनुहोस्
Loading...