प्रतिभावान परदेशी प्रेम, जो प्रवासमा देश सम्झिन्छन् र गीत संगीतबाट मातृभूमिलाई मायाँ गर्छन्
- इमान्दार इमान्दार संवाददाता ।
कला र गलालार्इ निरन्तरता दिदै, देश र माटाेकाे माया मुटुभित्र साँचेर कतार उडेका एक हाेनहार नेपाली युवा प्रेम सारू मगर ।
सानैदेखि खेलकुद र गीत–संगीत दुवै विधामा असाध्यै रुचि राख्ने प्रेमले नेपालै बसेर अाफ्नाे सपना पुरा गर्ने त्यति बलियाे अाधार नदेखेपछि कलीला २ छाेराछाेरी, प्यारी जीवन संगिनी, बुढा अामाबुवा र अात्मिय दाजुभार्इ दिदिबहीनी, अाफु जन्मेकाे गाँउ, अाफ्नाे देश सबै छाेडेर विदेशीए ।
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. ७ (साविक खाँडादेवी गाविस– ५, रस्काँडा, रामेछाप) मा २०४६ मा जन्मिएका प्रेमले २ बर्ष साउदी परिश्रम गरे । त्यसपछि नेपाल फर्किएर केहि समय घरपरिवारसँग विताए ।
उनि भन्छन्, - 'मैले सानै उमेरदेखि खेलकुद क्षेत्रमा पनि निकै ठूलो संघर्ष र मेहनत गरे । गीत लेख्दै, सब्द संगीत भर्दै अाउदा आफैले गाउन पनि थाले । घरपरिवार विशेषतया संगीत क्षेत्रमा उघि बढ्न श्रीमतिकाे भरपुर साथ र सहयाेग छ । '
इमान्दार मिडियासँगको कुराकानीमा उनले आफ्नो जीवनका धेरै उतारचढाबका बारेमा कुराकानी गरेका छन् । हामीले उनीसँगकाे भलाकुसारीको सम्पादित अंश यहाँ प्रतुस्त गरेका छौ ।
स्कुले सांस्कृतिक कार्यक्रमको प्रेरणाले संगीत क्षेत्रतर्फ लाेभ्यायाे ।
'सानोमा स्कुल पढ्दा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने गर्थे । सानातिना कार्यक्रममा मैले प्रतुस्त गर्ने कलाले साथीहरु खुसी हुन्थे, रमाउथे त्यसले मलार्इ हौसला थप्दै गयाे ।' उनि भन्छन्, - 'गाउँघरमा हुने विभिन्न मेला पर्वहरुमा पनि म गीत गाउने गर्थे ।'
त्यसपछि उनलार्इ अझै धेरै केही गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो । त्यसलार्इ अाम स्राेताहरूमा पुर्याउनका लागि २०६५–०६६ देखि औपचारिक रुपमै गीत–संगीत क्षेत्रमा प्रवेश हाेमिए ।
आफ्नै शब्द र संगीतमा निस्किएका छन् तीनवटा एल्वम
'मेरो आफ्नै सब्द संगीतमा अहिलेसम्म बजारमा तीनवटा एल्वम आएका छन् । 'बरको सामू पिपल', 'पोहोरको चोली', 'दिन राम्रो घामैको' भन्ने ३ ओटा एल्बममा लयबद्ध् भरिसकेको छु ।' उनले थपे - 'अहिले भर्खरै आफ्नै सब्द संगीत लय र पूर्णकला बिसी र मेरो आफ्नै आवाजमा 'परेली झिमि झिमि' भन्ने लोक दोहोरी एल्बम बजारमा आएको छ ।'
परेली झिमीझिमी अहिलेको युवा पुस्ताले मन पराउने रोमान्टिक म्युजिक भिडियो भएकाे उनकाे विश्वास छ । 'यस म्युजिक भिडियोलाई बालबालिका, युवा–युवतीदेखि बृद्ध बृद्धासम्मका दर्शक स्रोतासम्मले मन पराएका छन् ।' उनि भन्छन् ।
अाफुले अहिलेको युवा पुस्ताले कस्तो खालको गीत–संगीतबाट मनोरञ्जन लिन सक्छन् भन्ने कुरालाई निकै ध्यान दिएको उनि बताउछन् । 'यो म्युजिक भिडियो बजारमा आएपछि सबै तिरबाट गीतको शब्द र संगीत, म्युजिक भिडियो राम्रो छ भन्ने प्रतिक्रिया अाएको छ । म यो गीतबाट एकदमै सन्तुष्ट पनि छु ।' उनले मुस्कुराउदै थपे
नेपालको लोक संगीत क्षेत्रमा पछिल्लो समय निकै विकृतिहरु भित्रिएकाेप्रति चिन्ता छ प्रेमलार्इ । 'यद्यपि यहाँ सबै नराम्रा पक्ष मात्रै छन् भन्ने कुरा होइन । धेरै राम्रा पक्षहरु पनि छन् । लोक गीत संगीतलाई झन् सबैले रुचाउने खालका बनाउनुपर्छ ।' उनले भने, - 'केहि सर्जकहरूले आफू चर्चामा आउनका लागि अलि विकृत सब्द लेख्ने र छिट्टै गाउने गर्छन । त्यस्तै केही मोडलहरूले जस्तोसुकै प्रस्तुती दिन तयार हुने परिपाटीका कारण यो क्षेत्र विकृत भएको छ ।'
सांगीतिक क्षेत्रको यो विकृतिलाई रोक्न सर्जकले शब्द संकलनमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ। लोक गीत भनेको नेपाली कला र संस्कृतिलाई झल्काउने खालको हुनुपर्छ, उनले थपे।
बाध्यताले बिदेशीए
'धेरै नेपाली दाजुभाई दिदिबहिनीहरु पनि विदेशीएका छन् । रहरले त काे जान्छ र ? विदेश जाने भनेकै बाध्यताले हाे जस्ताे लाग्छ ।' नेपालमा काम अनुसारकाे दाम नपाँउदा युवापिढी वाहिरिदै गएकाे प्रेमकाे अनुभव छ ।
'म पनि विदेशीए तर मैले प्रवासमा रहेर पनि यो देशको लागि केहि गर्न सक्छु भन्ने लागेकाे छ । कतारबाट ३ महिनाकाे छुट्टि लिएर स्वदेश फर्काकिएका प्रेम सारूले २ बर्ष साउदीमा पनि बिताए । 'अहिले कतारमा राम्राे छ, कम्पनीले भने अनुसार नै सबै सेवा सुविधा दिएकाे छ । गार्हाे छैन ।' उनले अाफ्नाे कम्पनीमा काम गर्ने सबै कामदारहरू सन्तुष्ट रहेकाे पनि जानकारी गराए ।
'कुनै ठाँउमा त समस्या छ, भने अनुसार सेवा सुविधा नपाएर नेपालीहरूकाे विजाेग भएकाे पनि सुनिन्छ, त्याे त तपार्इहरूलार्इ पनि बढि थाहा हुन्छ । तर मैले काम गर्ने कम्पनीले कसैलार्इ अन्याय गरेकाे अहिलेसम्म थाहा पाएकाे छैन ।' उनले भने । 'जब देश सम्झन्छु अनि मनमा संगीत गुञ्जन्छ ।'
पेशागत हिसाबले यो क्षेत्र रोजे
'कतिपय साथीहरु प्रवासमा रहेका बेला यसो अलिकति पैसा कमाइएको छ, एक दुई वटा एल्बम निकालेर रहर पुरा गरौं न ..भन्ने पनि हुन्छन तर म चाँही त्यस्तो हैन ।
मैले यो क्षेत्रलाई एउटा पेशाको रुपमा अगाडी लैजान खोजेको छु ।'नेपाली लाेक संस्कृतिलार्इ जाेगाउने जिम्मा अवका युवा कलाकारहरूकाे काँधमा अाएकाे उनकाे बुझार्इ छ ।
'हामी नेपालीहरुको मौलिकतालार्इ झल्काउने लोक संस्कृतिलाई बचाउने दायित्व हाम्रो हो . यसरी आफुले समाज सुहाउँदो गीतहरु बजारमा ल्याएर लोक संस्कृतिको जग्रेना गर्नुपर्छ, भन्ने जिम्मेवारी बोध गरेर नै मैले यो क्षेत्र रोजेको हुँ ।' उनि भन्छन्, - 'यो क्षेत्रमा मेरो भविष्य नहोला ? तर एक परिपक्क गायक बन्ने छु भन्ने आत्मविश्वास चाँही छ।'
नेपालका अधिकांश कलाकारहरुले आफ्नो भविष्य नेपालमा नदेखेर नै विदेशीएकाे पनि उनकाे बुझार्इ छ ।
राम्रा भन्दा पनि हाम्रा अगाल्ने प्रवृति
'नेपालमा राम्रालाइ भन्दा पनि हाम्रालाई अंगाल्ने प्रवृतिले निकै घर गरेको छ, यो क्षेत्र पनि त्यसबाटअछुतो रहन सकेन । जोसँग परिपक्क प्रतिभा छ, जो सगँ म यो क्षेत्रमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास छ । त्यो व्यक्ति आफै केहि गर्न सक्दैन ।'
स्वच्छ प्रतिस्पर्धाकाे कमीका कारण कतिपय कलाकारहरू निराश बनेकाे पनि उनि बताउन् ।
'अर्काे कुरा अाफ्नालार्इ काखी च्याप्ने प्रवृतिकै कारण पनि धेरै कलाकारहरु बिदेशीएका हुन की जस्ताे लाग्छ ।' उनले भने, - 'जसको माथीसम्म पहुँच छैन ती कलाकारहरु कहिले पनि स्थान पाउन सक्दैनन्। अवसरबाट सधैं बन्चित हुनुपर्छ ।'
खेलकुद क्षेत्र पहुँचवालाको कब्जामा
सिताेरियाे कराँतेका राष्ट्रिय खेलाडी पनि हुन प्रेम सारू मगर । उनले खेलकुद क्षेत्रमा पनि काखापाखाकाे व्यवहार सहे ।
'खेलकुद क्षेत्रमा पनि मैले सानै उमेरदेखि नै निकै ठूलो संघर्ष र मेहनत गरें । अहिले पनि खेलकुद क्षेत्रमा मेरो क्रियाशीलता घटेको छैन । रुची जागर सबै उत्तिकै छ । तर यो क्षेत्रमा निरन्तरता दिन सकेको छैन, किनकी यो क्षेत्रमा अझ निकै अस्वस्थ प्रतिष्पर्धा छ ।' राजनैतिक पावर र पहुँचकै अाधारमा सामान्य भन्दा पनि सामान्य व्यक्ति पावर लगाएर ठुलाे खेलाडी बन्ने गरेकाे उनले सुनाए ।
'खेलाडीहरुसँग जतिसुकै आत्मविश्वास , आट क्षमता भएपनि जसको पहुँच छ त्यसले मात्र राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको खेलकुदमा भाग लिन र सहभागी हुन् पाउने, दुख गरेर मिहेनत गरेर अगाडी बढ्न खाेज्नेहरूले टुलुटुलु हेरेर बस्नुपर्ने । त्यसकारण याे क्षेत्रमा चाहेर पनि अघि बढ्न सकिएन ।' उनले भने -'अब संगीलार्इ नै मुख्य रूपमा निरन्तता दिन्छु ।'
स्वाेदेशकाे माया मुटुमा बाेकेर, नेपालकाे सांङ्गितिक क्षेत्रलार्इ अगाडी बढाउन प्रदेशमै डटिरहेका प्रेमलार्इ हाम्राे पनि अझै प्रगतिकाे शुभकामना ।
२०७३ चैत्र १३ गते प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...