EXCLUSIVE : श्रोतकेन्द्र प्रअको मिलेमतोमामा आइतबार हुने परीक्षाको प्रश्नपत्र हिजै आउट


  • इमान्दार मिडिया संवाददाता ।
कैलालीमा आइतबार हुने भनिएको स्राेत केन्द्रस्तरीय कक्षा ६ काे प्रश्नपत्र बिहीबार हिजाे नै बाहिरिएकाे छ ।

स्राेत केन्द्रस्तरीय बार्षिक परिक्षा २०७३, अन्तर्गत कम्प्युटर विषयकाे प्रश्न पत्र बिहिबार अाउट भएकाे हाे । उक्त विषयकाे परिक्षा अाज अर्थात १३ गते आइतबार हुने तालीकामा थियाे ।

कैलालीको मसुरिया ४ (हाल गौरीगंगा नगर पालिका ) ८ स्थित लिक्मा स्रोत केन्द्रका प्रधानाध्यापक जंग बहादुर देउवाकाे मिलेमताेमा प्रश्नपत्र अाउट गरिएकाे स्राेतकाे भनार्इ छ ।

श्रोतका अनुसार 'जंग बहादुर अाफुले जे गरे पनि हुन्छ भन्ने दम्भ भएका व्यक्ति हुन, उनले ६ कक्षाकाे मात्र हैन, ९ काे प्रश्नपत्र पनि अाउट गराएका छन् ।' अाफ्नाे नाम नबताउने सर्तमा एक विद्यार्थीले इमान्दार मिडियासँग भने 'जंग सरले यस प्रकारकाे गतिबिधी त गर्दै अाउनु भएकाे छ ।'


विद्यार्थीले हामीसंग गरेको बिशेष खुलासा अनुसार उनले कक्षा ६ काे मात्रै नभएर कक्षा नाै काे प्रश्नपत्र समेत आउट भएको छ । लिक्मा स्रोत केन्द्र अन्तर्गत अहिले करिब ३९ विद्यालय रहेका छन् । सबै विद्यालयकाे बाेर्ड परिक्षाका लागि तयार भएका प्रश्नपत्रहरू लिक्मा स्राेत केन्द्रबाटै वितरण हुने गर्दछन् । 

'लिक्मा स्रोत माताहतका सबै परिक्षा केन्द्रका लागि अावश्यक प्रश्नपत्र वितरण गरिसकेपछि बाँकी रहेकाे प्रश्नपत्रहरू स्राेत केन्द्रमै रहन्छन त्यसकाे जिम्मेवारी स्रोत केन्द्रका प्रअ जंग बहादुर देउवाकाे नै हुन्छ । त्यसैले उनकाे अनुमति या मिलेमताेबिना प्रश्नपत्र अाउट हुने कुनै सम्भावना नै छैन ।' स्राेतले इमान्दार मिडियासँग भन्याे 'याे प्रश्नपत्र योजनाबद्ध रुपमा अाउट गरिएकाे हाे ।'


स्राेतका अनुसार जंग बहादुर देउवा नेपाली काँग्रेसनिकट निजमति कर्मचरी युनियन (संघ) कैलाली जिल्ला सह-सचिव समेत हुन । उनले यसअघि पनि मनपरि ढंगले स्राेतकेन्द्रमा काम गर्दै अाएकाे त्यहाँका सिक्षकहरूकाे गुनासाे छ ।

स्थानीयका अनुसार 'उसाे त जंग बहादुर गाँउमा राम्राे छवि भएका मान्छे पनि हैनन, जाँडरक्सी खाएर हाे हल्ला र गालीगलाैज गरेर तमासा गर्ने जथाभावी बाेल्ने गरेकाे अाराेपमा उनि बेला बेलामा प्रहरी थानामा पुगिरहन्छन्।'


यस विषयमा बुझ्न जंग बहादुर देउवालार्इ सम्पर्क गर्न खाेज्दा उनकाे माेवाइल नम्बर अफ छ भने जिल्ला सिक्षा कार्यालय कैलाली पनि यस विषयमा अझै बेखबर छ ।

२०७३ चैत्र ११ गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...