स्थानीय विकास अधिकारीमाथि कार्यकक्षमै आक्रमण
- सोलुखुम्बु,२४ फागुन ।
आफ्नो कार्यकक्षमा काम गरिरहेको अवस्थामा स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्मा र जिल्ला विकास समिति कै लेखा अधिकृत युवराज राई माथि हातपात भएको हो ।
कार्यकक्षमा आफ्नो काम गरिरहेका दुई कर्मचारीमाथि ८ जनाको समूहले हातपात गरेको भन्दै सोलुखुम्बुका सबै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । आफ्नै कार्यकक्षमा असुरक्षित भएको र आक्रमण गर्ने सबैलाई सार्वजनिक मुद्दा दायरको माग गर्दै कर्मचारीहरु आन्दोलित बनेका हुन् ।
‘ड्रिलिप ए एफ’का जिल्ला संयोजक अमुल बस्नेत, सोहि कार्यालयका सव ईन्जिनियर वेदराजा थापा, कार्यालय सहयोगीहरु रामबहादुर बस्नेत, अशोक देवकोटा तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य नविन थापा, नेवि संघका जिल्ला अध्यक्ष अश्विन थापा र नेवि संघका जिल्ला सदस्य नविन बस्नेत सहितका ८ जनाको टोलीले रक्सीले मातेर आक्रमण गरेका जिविसका कर्मचारीहरुले बताएका छन् ।
अमुल बस्नेत र बेदराज थापा फरार रहेकोले दुवैजनालाई पक्राउ गरि सार्वजाजिक मुद्दा दायर नभएसम्म सबै कामकाज ठप्प पार्ने जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर बुद्धिनारायण श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...