ओनसरी घर्तीले जनसेनाको रगतमाथि होली खेलिरहेकी छन् : नेता सुदर्शन
- दिया चन्द ।
नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ केन्द्रीय सदस्य सुदर्शन ओलीले सभामुख ओनसरी घर्तीले माओवादी आन्दोलनमा जनमुक्तिसेनाले बगाएको रगतमाथि होलि खेलिरहेको बताएका छन् ।
कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आज १०७औ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अबसरमा काठमाडौँको शान्तीबाटिकामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
सभामा बोल्दै नेता सुदर्शनले जनयुद्धमा ३५ प्रतिशत महिलाहरु जनमुक्तिसेनामा कार्यरत रहेका र उनीहरु मध्ये हजारौले रगत बगाएको स्मरण गर्दै दलाल संसदीय व्यवस्थाका बिरुद्ध लड्दा रगत बगाउने महिलाहरुको समपनालाइ लत्याएर दलाल संसदीय व्यवस्थाकै सभामुख हुन् तयार भएको भन्दै ओनसरी घर्तीले शहिदको रगतमाथि होली खेलेको आरोप लगाएका हुन् ।
जनमुक्तिसेनामा ५० प्रतिशत महिलाहरु पुग्न लाग्दालाग्दै जनसेनाको बिघटन गरिएकोमा नेता सुदर्दुशनले दुख व्यक्त गरे । देशको राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेकी विद्या भण्डारी केपी ओलीलाई कसरी प्रधानमन्त्री बनाउने भन्ने चिन्तामा मात्रै रहेको तर मदन भण्डारी किन र कसरी मारीए भन्ने चासो नभएको उनकाे टिप्पणी छ ।
त्यस्तैे नेता सुदर्शनले नेपालको उच्च तहमा पुगेकी बिद्या देबी भण्डारी र कोमल साहमा पनी खासै भिन्नता नभएको भन्दै उनीहरु अन्ततः दलाल महिलाहरुको मात्रै प्रतिनिधि भएको समेत आरोप लगाएका छन् ।
हिजो महिलाहरुका निम्ति भनेर ठुलाठुला भाषण गर्ने प्रचण्ड आज दलालहरुका प्रधानमन्त्री भएको भन्दै उनले यो व्यवस्था रहेसम्म यसको नेतृत्व जसले गरेपनि महिलाहरुको हकहित संरक्षण हुन् नसक्ने दाबी गरे ।
सप्तरी गाेलीकाण्डकाे प्रसंग जाेड्दै उनले सरकार आफै धामी आफै बोक्सी भएको आरोप लगाए । गृहमन्त्री, प्रधानमन्त्रीसँगै बसेर बनाइएको योजना अनुसार घटाइएको घटना भएको हुनाले सप्तरीको हत्याकाण्डमा गृहमन्त्रीले गोहीको आसु चुहाएर पन्छिन नमिल्ने समेत उनकाे भनार्इ छ ।
प्रतिकृया दिनुहोस्
Loading...