भारतीय हस्तक्षेपविरुद्ध दशगजा सिमानामा उत्रिए दशौं हजार नेपाली (भिडियोसहित)

  • हेमन्त न्यौपाने ।
कञ्चनपुरको नेपाल भारत सिमा नाका आनन्द बजारमा कल्भर्ट निर्माणमा पटकपटक अवरोध पुर्याएको भारतले विहिवारको झडपमा एसएसबीको गोलि लागि गोविन्द गौतमको मृत्यु भएपछि शुक्रबार दिनभर आनन्द बजार तनावग्रस्त नै रह्यो। 

दिनभर ढुंगामुढा भैरहेको आनन्दबजारमा ४ बजेपछि मात्र अवस्था केहि शान्ति बनेको छ । पछिल्लो समय नेपाल प्रहरीलाई प्रतिरक्षामा उत्रिन प्रधानमन्त्रीको आदेश आएको शसस्त्र प्रहरीले बताएको छ । 

शुक्रबार पनि भारतीय एसएसबीले २२ राउन्ड हवाइ फायर र १७ राउन्ड असुरग्यास प्रहार गरेको छ भने नेपाली पक्षबाट २ राउन्ड असुरग्यास प्रहार गरिएको छ । भारतीय हस्तक्षेप र ज्यादतीविरुद्ध कैलाली र कञ्चनपुर करिब १० हजार बढी स्थानीय सिमा नाकामा प्रदर्शनमा उत्रिएका थिए ।

शुक्रबार पनि २ पक्षबीच पटक पटक झडप हुदाँ करिब ३० जना घाइते भएको स्थानीय गोविन्द शाहीले बताए । विहिवार नै सिमामा झडप भएपछि तीन जना नेपाली महिलालाई भारतीय स्थानीयले कपडा खोलेर नांगो बनाएर पठाएको प्रत्यक्षदर्सी स्थानीय नेता प्रेम बहादुर बस्नेतले बताएका छन् । 

मृतकको शवलाई आक्रोशित जनता झन उग्र हुनसक्ने भन्दै कैलालीमै राखिएको छ । मृतकलाई सरकारले तत्काल राहत स्वरुप १० लाख रुपैया दिने, घरको एक जनालाई रोजगारको व्यवस्था गर्ने, बाल बच्चाहरुलाई निशुल्क उच्च शिक्षा सम्म प्रदान गर्ने, मृतक गौतमको नाममा सहिद स्मारक बन्ने र शवलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गर्ने आजको मन्त्री परिषदले निर्णय गरेको छ ।

हेर्नुहोस् भिडियो


तस्विर : बिमल धामी

, ,

प्रतिकृया दिनुहोस्

Loading...