कञ्चनपुर सीमा विवादः नेपाली र भारतीय अधिकारीबिच तीन बुँदे सहमति

  • हेमन्त न्यौपाने ।
  • आनन्दबजार, २७ फागुन ।

कञ्चनपुरको आनन्दनाजार सीमा विवादबारे नेपाली र भारतीय पक्षका स्थानीय अधिकारीबिच तीन बुँदे सहमति भएको छ । 

दुवै पक्षका स्थानीय अधिकारीले सीमा क्षेत्रमा देखिएका विवाद संयुक्त सर्भे टिमले रेखाङ्कन गरी समाधान गर्ने, भारतीय सीमा सुरक्षा बल (एसएबी) को गोलीबाट गोविन्द गौतमको ज्यान गएको पुष्टि भए गोली चलाउने जवानलाई कारवाही तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिने र सीमा सम्बन्धी विवाद देखिए सशस्त्र प्रहरी र एसएबीले समस्या समाधानका लागि पहल गर्ने, त्यसबाट पनि समस्या समाधान नभए माथिल्लो निकायमा जानकारी गराउने सहमति भएपछि तनाव साम्य भएको हो । 

सहमति पत्रमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक इन्द्रराज कार्की तथा भारतीय पक्षबाट लखिमपुरका डिएम आकाश दिप लगायतले हस्ताक्षर गरेका छन् ।

नेपालीहरूले सिमानाकामा कल्भर्ट निर्माण गरेदेखि विवाद सुरु भएको थियाे । आनन्द बजारमा भारतीय एसएसबीले हतियार सहित आएर धम्याएपछी आक्रोशित बनेका नेपालीले प्रतिकार गर्दा झडपको स्थिति सिर्जना भएको थियो । सोहि क्रममा भारतीय एसएसबीले गोली चलाउदा पुनर्वास नगरपालिका - ८ का गोविन्द गौतमको ज्यान गएको छ । 

एसएसबी र भारतीयको आक्रमणबाट नेपाल प्रहरी र ससस्त्र प्रहरीका आधा दर्जन र २ दर्जन बढी स्थानीय घाइते छन् । स्थानीय नेपालीमाथि एसएसबीले १२ राउण्ड गोलि प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...