आनन्द बजारमा नेपाल प्रहरीको सुरक्षा कवज, आन्दोलित नेपालीलाई प्रवेश निषेध

  • हेमन्त न्यौपाने ।
सिमा विवादपछि आन्दोलन चर्किएको आनन्दबजारमा नेपाल प्रहरी र ससस्त्र प्रहरी शनिबार पुरै सुरक्षा प्रदान गरेको छ ।

करिब ६ सय प्रहरीले ६ वटा सुरक्षा कवज बनाएर आन्दोलित नेपालीलाई आनन्दबजार प्रवेशमा रोक लगाएपछि बजार र सिमा क्षेत्रमा आज आक्रोशित जनता पुग्न सकेका छैनन् । 

आक्रोशित स्थानीयहरु मृतकको परिवारलाई सरकारले सहिद घोषणा गरेपनि दोषीको पहिचान गरि अपराधीलाई कारबाहीको दायरामा नल्याएसम्म शवलाई पोष्टमार्टम हुन नदिने बताएका छन । 

आक्रोशित प्रतीक बिष्टले दस लाख रुपैयाँ क्षतिपुर्ती र सहिद घोषणाले मात्र न्याय नपाउने भन्दै पहिले भारतले दोषीको पहिचान गरि कारबाहीको दायरामा नल्याए सम्म र अन्तरास्ट्रिय छानबिन टोलिले हत्या पुष्टि नगरुन्जेल शवलाई पोष्टमार्टम र अन्त्यष्टी गर्न नदिने बताउछन । 

शनिबार कञ्चनपुर पुनर्वासको उद्योग बाणिज्य संघमा कञ्चनपुरका राजनैतिक दलहरुले अब कसरी एकजुट भएर आवाज उठाउने भन्ने बारे छलफल गर्न गेको माओवादी केन्द्रका कञ्चनपुर जिल्ला संयोजक वीर बहादुर थापाले जानकारी दिए ।

सिमा नाकाको मुद्दाले गोविन्द गौतमको मृत्यु भएपछि शुक्रबार २० हजार नेपाली जनता घटना स्थलमा पुगि भारत तर्फ ढुंगामुढा गरेका थिए । जवाफमा भारतले २२ राउण्ड हवाइ फायर र १७ राउण्ड असुरग्यास प्रहार गरेको थियो भने नेपाल तर्फबाट असुरग्यास प्रहार भएको थियो ।

२०७३ फागुन  २८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...