कञ्चनपुरको आनन्दबजार निषेधीत क्षेत्र घोषणा



कञ्चनपुर, ३० फागुन ।

कञ्चनपुरको पुनर्वासको आनन्दबजार नजिक दशगजा क्षेत्रलाई स्थानीय प्रशासनले निषेधीत क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्याल कञ्चनपुरले सूचना जारी गर्दै आनन्दबजार लगायत ५ सय मिटर आसपासको क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा गरेको हो ।

आनन्दबजारस्थित सीमा क्षेत्रमा भएको घटनाले त्यस क्षेत्र तनावग्रस्त देखिएकाले शान्ती, सुरक्षा कायम राख्न सोमबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधीत क्षेत्र घोषणा गरिएको सूचनामा उल्लेख छ ।

गएको बिहीबार आनन्दबजारस्थित दशगजा क्षेत्रमा कलभर्ट निमार्णको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...