चेल्सी फुटबल क्लवभित्र सात वर्षीय ‘आत्मघाती’ लडाकु,  जर्सीभित्र भेटियो बम

  • एजेन्सी, १० चैत्र ।

चेल्सी फुटबल क्लबभित्र सात बर्षिय आत्मघाती बालक फेला परेका छन् । 

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्योद्घाटन भएको वीवीसीले जनाउकाे छ ।

हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई बमसहित फेला पारेको बताइएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित समाचार अनुसार मोसुलको बाहिरी क्षेत्रमा इराकी सेनाले ती बालकलाई फेला पारेको हो ।

चेल्सी फुटबल क्लवका चर्चित खेलाडी इडन हाजर्डको जर्सी लगाएका ती बालकको शरीरमा बाँधिएको बमलाई एक इराकी सुरक्षाकर्मीले सुरक्षित रुपमा निस्क्रिय तुल्याएको भिडियो हालै सार्वजनिक गरिएको छ ।

इराकी सेनाका अनुसार मोसुलबाट बाहिरिदैं गरेका महिलाका साथ ती बालक फेला परेका थिए । उक्त भिडियो मार्च १८ मा छायांकन गरिएको भनिएको सो भिडियोमा इराकी सेनाका एक जवानले आइएसबाट बालबालिकालाई हतियारका रुपमा आत्मघाती बनाउन थालिएको चर्चा गरेका छन् ।

इराकमा मोसुल केन्द्रीत सुरक्षा कारवाही जारी छ । यद्धपी त्यसबारे पुष्टी भने भइनसकेकाे वीवीसले जनाएकाे छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...