बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर नगरपालिका–११ सूर्यविनायकमा आज एक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
च्यामासिंहबाट काठमाडाैँतर्फ अाउदै गरेको बा २ ख ३६०६ नम्बरको बसले विपरीत तर्फबाट आइरहेको ना ३५ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्साको वीरगन्ज–८ घरभई हाल गोल्डेनगेट कलेजमा अध्ययनरत १९ वर्षीय राहुल साह तेलीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
त्यसैगरी, प्रहरीले सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...