वीरगञ्जको आदर्शनगरमा आगलागी, उद्योग गोदाम नष्ट

  • वीरगञ्ज, २६ फागुन ।

पर्साको वीरगञ्ज उपमहानगरपालिका-१३ आदर्शनगरस्थित रेवती सराफको घरमा बिहीबार आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

विजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट उक्त घरमा बिकास गुप्ताले भाडामा लिई बिनाजी महिला गृह उद्योगको गोदाम राखेका थिए । आगलागीबाट गोदामका सामानहरु जलेर क्षती भएको प्रहरीले जनाएको छ ।

यस्तै म्याग्दीको बेनी नगरपालिका-१४ डाँडाखेतस्थित बालमन्दिर निम्न माद्यमिक विद्यालयको भवनमा बुधबार आगलागी हुँदा ९२ लाख रुपैयाँ बराबरको क्षती भएको छ । आगलागीबाट विद्यालयका दुईवटा भबन पूर्णरुपमा जलेका छन् ।स्थानीयबासी तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...