हरेक दिन फलफुल र हरियो साग खाए बढ्छ आयु , कुन–कुन फलफुल कति खाने ?
इम्पिरियल कलेज लन्डनका शोधकर्ताहरुका अनुसार २० लाख मानिसहरुमाथि गरिएको अध्ययनमा यो तथ्य सार्वजनिक गरिएको हो ।
अनुसन्धानमा खानपिनमा यस्तो बानी बसालेको खण्डमा हरेक वर्ष ७८ लाख मानिसहरु अकाल मृत्युबाट बच्न सक्ने बताइएको छ । शोध टिमले क्यान्सर तथा हृदयरोगको जोखिमबाट बच्न सहयोग गर्ने फलफूलहरु तथा सागसब्जिहरुको पनि पहिचान गरेको छ ।
वैज्ञानिकका अनुसार एक पटकमा फलफूल तथा सागसब्जीहरु ८० ग्राम खानुपर्दछ । जसमा एउटा सानो केरा, नासपाती, मटर वा पालुंगो तीन चम्चा जति हुनुपर्दछ । यति मात्रामा फलफुल र सागसब्जी दिनभरमा १० पटक लिनुपर्दछ । २० लाख मानिसहरुको खाने बानीलाई लगभग ९५ वटा अलग अलग अध्ययन गरिएको थियो ।
पालुंगो, काउली बढि खानुपर्दछ ।
अध्ययनमा यदि तपाई हरियो साग सब्जीहरु (जस्तै पालुंगो), पहेँलो सागसब्जि (जस्तै पहेँलो खुर्सानी) र क्रुसिफेरस भेजिटेबल (जस्तै काउली) खानुहुन्छ भने तपाइलाई क्यान्सरको जोखिम हुने सम्भावना कम हुन्छ ।
यस्तै यदि तपाई, स्याउ, नासपाती, तितो वा टर्रो फल, सलाद, हरियो पातभएका सागसब्जी र क्रुसिफेरस भेजिटेबल सेवन गर्नुहुन्छ भने हृदय रोग वा हृदयघातको जोखिम कम हुनेछ ।
यो शोधको नतिजा इन्टरनेशनल जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित भएको छ । यसमा अकालमा मृत्यु हुनेका जोखिमको बारेमा पनि बताइएको छ । शोधकर्ताहरुले दिनभरि फलफुल वा सागसब्जी नखाने मानिसको तुलनामा निश्चित मात्रामा फलफुल वा सागसब्जी खाने मानिसमा हृदय रोग, क्यान्सर, अकाल मृत्युको जोखिमको कारण खोज्ने कोशिस गरेका छन् ।
यसबाट फलफूल तथा सागसब्जी २०० ग्राम खानाले हृदयरोगको खतरा १३ प्रतिशत र ८०० ग्राम खानाले २८ प्रतिशत कम हुन्छ । त्यस्तै २०० ग्राम खानाले ४ प्रतिशत जबकि ८०० ग्राम खानाले १३ प्रतिशत क्यान्सरको जोखिम कम हुने तथ्य पत्तालागेको छ । त्यस्तै २०० ग्राम फलफूल तथा सागसब्जी खानाले १५ प्रतिशत अकालमा हुने मृत्युको खतरा कम हुने पाइएको छ भने ८०० ग्राम खानाले ३१ प्रतिशत अकालमा हुने मृत्युको खतरा कम हुने बताइएको छ ।
एन्टिअक्सिडिटी
उक्त शोधमा संलग्न डाक्टर डगफिन अन भन्छन्, “फलफूल र सागसब्जी खानाले कोलेस्ट्रोल लेभल र ब्लड प्रेसर कम हुन्छ । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई राम्रो गर्छ । साथै यसबाट रक्त नलिहरु पनि स्वस्थ हुन्छन् ।”
“यसमा रहेका पोषक तत्वका कारण यो फाइदाजनक हुन्छ । किनभने यसमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट पाइन्छ,” उनले थपे ।
यसले डिएनएमा हुने कुनै पनि क्षतिलाई कम गर्छ । यसबाट क्यान्सरको जोखिम कम हुने बताइएको छ ।
यसअनुसार विश्व स्वास्थ्य संगठनबाट दिनभरिमा पाँच पटकमा गरि ४०० ग्राम खानु उत्तम हुन्छ भन्ने सुझाव पनि कम कम हुने भएको छ ।
बताइएअनुसार ब्रिटेनको लन्डनमा यतिमात्रामा फलफुल तथा सागसब्जी केवल तीन मध्ये एक व्यक्ति मात्र खाने गर्दछन् ।
प्रतिकृया दिनुहोस्
Loading...