पञ्चदेवल बहुमुखीमा अखिल (क्रान्तिकारी)का बिक बिजयी
- विनायक, १९ फागुन।
स्ववियु चुनाव अन्तरगत अछामस्थित पञ्चदेवल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हर्कबहादुर बिकको नेतृत्वमा बनेको प्यानल बिजयी भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी,माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,एमाले निकट अनेरास्ववियु र राप्रपा निकट राप्रविसंघको संयुक्त प्यानलबाट अध्यक्षमा अखिल क्रान्तिकारीका हर्कबहादुर बिक निर्वाचित भएका छन् भने उपाध्यक्ष रमेश बहादुर रावत र सचिव पुष्पराज तिमिल्सिना माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र अनेरास्ववियुबाट सहसचिव नौरता शाही र कोषाध्यक्ष तपेन्द्र विष्ट निर्वाचित भएका छन् ।
सदस्यहरुमा भिम बहादुर नेपाली, दुरा शाही, यसोदा शाही, कृष्ण वयक, जुना बुढा र तेजबहादुर शाही रहेका छन्।
प्रतिकृया दिनुहोस्
Loading...