अक्षय कुमारकी पत्नी ट्वीकंल यौनदुर्व्यवहारमा परेकाे खुलासा
- मुम्बई ।
उनका अनुसार केही वर्षअघि उनलाई मोबाइल एउटा मेसेज आएको थियो जसको कारण उनी तनावमा आएकी थिइन् । उनकै एउटा धनी क्लाइन्टले उनलाई अश्लिल सन्देश पठाएका थिए । ‘त्यो मेसेजले म निकै आत्तिएँ तर मैले व्यवसायिक तरिकाले त्यसलाई सल्टाएँ,’ उनले लेखेकी छिन् ।
मिसेज फनीबोन्स र द लिजेन्ड अफ लक्ष्मीप्रसाद जस्ता चर्चित किताब लेखिसकेकी ट्वींकलले अगाडी लेखेकी छिन्, ‘मेरो विवाह यस्तो व्यक्तिसँग भएको छ जो चलचित्रमा मुक्का हानेर भित्ता फोड्न सक्छन् । यसको वावजुद मलाई समेत मानिसहरु छाडेनन् । कामका लागि घर छाडेर बाहिर जानुपर्ने महिलाहरुको हालत झन् के होला ?’
भारतमा ३८ प्रतिशत महिला कामको दौरान यौनदुर्व्यवहारको शिकार हुने एक तथ्यांकले देखाएको छ ।
काम गर्ने ठाउँ महिलाहरुसँग हुने व्यवहारको बारेमा पनि ट्वींकलले लेखेकी छिन् । महिलाहरुको पिछा नगर, छुने कोशिस नगर र भद्दा मेसेज र इमेल पनि नगर । ‘उनीहरुलाई हट र सेक्सीभन्दा पनि उनीहरुको प्रतिभाको तारिफ गर’ उनले लेखमा भनेकी छिन् । यस लेखको तारिफ अक्षय समेतले गरेका छन् ।
२०७३ चैत्र ९ मा प्रकाशित ।
रातोपाटिबाट
रातोपाटिबाट
प्रतिकृया दिनुहोस्
Loading...