माओवादीकाे एम्बुसमा परी ११ अर्धसैनिकको मृत्यु, तीन घाइते



एजेन्सी,२८ फागुन ।

माओवादीले राखेको एम्बुसमा परी ११ जना अर्धसैनिकको मृत्यु भएको छ ।

भारतको छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय माओवादीले अवरोध गरेको सडक खुलाउन गएको अर्धसैनिक बल एम्बुसमा परेको बताइएको छ । 
करिब एक सय जनाको संख्यामा अर्धसैनिक बल गएकोले ठूलो संख्यामा मृत्यु भएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...