फेसबुकमा ‘Amen’ टाइप गर्दाको गल्ती के ? गम्भीर समस्यामा पर्नुहोला है

यदि तपाईं फेसबुक चलाउनु हुन्छ भने तपाईंले कुनै बिरामी बच्चा वा जनावरको प्रार्थनापूर्ण फोटोसहितको पोष्ट देख्नुभएको होला । त्यस्ता पोष्टमा कि त LIKE वा AMEN टाइप गर्न आग्रह गरिएको हुन्छ । यसो गर्नाले तपाईंले ती व्यक्ति वा जनावरलाई सहयोग गरिरहेको पनि बताइन्छ ।



जे देखिन्छ, वास्तविक रुपमा त्यस्तो हुँदैनः

तपाईंले विभिन्न फोटोहरु पनि देख्नुभएको होला जुन निकै भाइरल भइरहेका छन् । त्यस्ता फोटोमा लेखिएको हुन्छ, ‘मलाई थाहा छ तपाईंले यो फोटोलाई लाइक गर्नुहुन्न किनभने म बिरामी छु ।’ अथवा ‘मलाई निको पार्न AMEN टाइप गर्नुहोस् ।’

के तपाईं विश्वास गर्नुहुन्छ, फोटोलाई ‘लाइक’ गर्दा कसैको ज्यान बच्छ वा AMEN टाइप गर्दा रोग निको हुन्छ ?

यदि तपाईंले राम्रो नियतिले यसो गरिरहनुभएको छ भने तपाईंले निकै अचम्मको कुरा गरिरहनुभएको छ ।



रणनीति बनाएर गरिएको पोष्टः

तपाईंलाई लाग्ला तपाईंले यसो गरेर कसैलाई समर्थन गरिरहनुभएको छ, तर वास्तवमा यस्तो हुँदैन ।

वास्वमा तपाईंले फेसबुकका केही स्प्यामरलाई पैसा कमाउन सहयोग गरिरहनुभएको छ । उनीहरुले मािनसहरुले धेरैभन्दा धेरै लाइक गर्ने, सेयर गर्ने र कमेन्ट गर्ने तस्बिर डिजाइन गर्छन् र फेसबुकमा पोष्ट गर्छन् । यसले उनीहरुले आफ्नो पोष्टमा अनगिन्ती फलोअर्स कमाउने गर्छन् ।

त्यसपछि यस्ता पोष्ट बनाउनेहरुले खराब मेसेज, भाइरस र स्क्याम पढाउने गर्छन् जसले तपाईंलाई हानीसमेत गर्नसक्छ ।



सेयर गर्दा जोखिमः

यदि तपाईंले त्यस्ता पोष्टलाई लाइक वा सेयर गर्नुहुन्छ, स्क्यामरले तपाईंको सम्पूर्ण व्यक्तिगत जानकारी जस्तै तपाईं कहाँ बस्नुहुन्छ, जन्म मिति, इमेल ठेगाना पत्ता लगाउन सक्षम हुन्छन् ।



त्यसकारण अर्कोपटक जब तपाईंलाई फेसबुकको कुनै पनि पोष्ट देखेर नरामो लाग्यो र यस्ता पोष्टलाई फेसबुकमा सेयर गर्ने मन भयो भने एउटा कुरा याद राख्नुहोस् लाइक र AMEN टाइप गर्दैमा कसैको जीवन बच्दैन ।

यद्यपी, यसो गर्नाले तपाईंलाई कसैले हानी पुर्याउने प्रबल सम्भावना हुन्छ । यस्तो पोष्टमा लाइक, कमेन्ट, सेयर गरेर स्प्यामरको खल्ती भर्न सहयोग नगर्नुहोस् ।

श्रोत : राताेपाटी डटकम 

,

प्रतिकृया दिनुहोस्

Loading...