३८ हजार ९ सय अबैध अमेरिकी डलरहित महिला पक्राउ

  • काठमाडौं, ५ चैत ।

नेपाल प्रहरीले ३८ हजार ९ सय अबैध अमेरिकी डलरहित एकजनालार्इ पक्राउ गरेकाे छ । 

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेकी जन्मस्थान हङकङ भएकी ललितपुर नखीपोटकी नेपाली नागरिक पेमला लामालाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

पैसासहितकाे सुटकेश अबैधरुपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा ०९९८७१०८नम्बरकाे राहदानी भएकी लामालाई विमानस्थलबाट ३८ हजार ९ सय ५० अमेरिकी डलर र ६ सय हङकङ डलरसहित शनिबार पक्राउ गरेको छ ।

यस विषयमा थप आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

Loading...