यो बिचित्रको अनेक आग्रह,पूर्वाग्रहले भरिभराउ फेसबुक !
एका बिहानै मलाइ मेसेन्जरमा कुनै अपरिचित नामबाट मेसेज रिक्वेस्ट आयो । मेसेज खोले एक जना बच्चाको फोटो भएको प्रोफाइल रहेछ । मेसेजमा लेखिएको थियो, म तपार्कोइ फेसबुकमा साथी रहेकी फलानो नाम गरेकी महिला हुँ । मलाइ फोन , म्यासेज केहि नगर्नु होला ।
मैले लेखे, तपाइँलार्इ मैले कैले मेसेज लेखेको छु र ? बरु मलाइ ब्लक गर्नुस न । पछी कुरा बुझ्दा थाहा भयो उनले त्यहि मेसेज आफ्नो फेसबुकका सबै जसो पुरुस मित्रहरूलार्लाइ पठाएकी रहेछिन । उनका बिदेसमा रहेका श्रीमान बिना जानकारी नेपाल आएछन अनि एकैपटक उनको मोबाइल कब्जा गरेछन , उनलाई ठुलो समस्या परेछ सायद त्यसैले उनले अर्को मोबाइलबाट हतार हतारमा एस्तो मेसेज पठाएकी हुनुपर्छ ।

फेसबुकमा एक जना मित्रले सेयर गरेको पोस्ट देखे । उनले एक जना युबतीको फोटो सेयर गरेका थिए अनि त्यो युबतीको फोटोमाथी क्याप्सन थियो, "म कस्ती छु सोल्टीहरु ? मन परे मेरो फोटो सेयर गरिदिनु होला म तपाई लाइ फ्रेण्ड रिक्वेस्ट पठाउने छु ।" ,
मलार्इ पनि रमाइलो लाग्यो अनि ती युबतिको प्रोफाइल खोलेर हेरे । ओहो त्यँहा त युवतीहरुका फरक फरक अनुहार र पोजका फोटो अनि पोस्टको संग्रह नै रहेछ । त्यहि भित्र अर्को पोस्ट थियो एक सुदर युबतिको तस्बिर माथी लेखिएको थियो । साथीहरु मेरो फोटो सेयर गरिदिनुहोला, मेरो बाको कस्सम म तपार्ईलार्इ मेरो मोबाइल नम्बर दिने छु । करिब ३० जना जतीले उनको फोटो पनि सेयर गरेका थिए ।
एउटी राम्री युवतीको नम्बर पाउने आसामा । त्यो नम्बर पायर के कुरा गर्ने हुन् ? ति युवतीले ती ३० जनालार्इ नम्बर देलिन त अनि के कुरा गर्लिन ? आफ्नो फोटो सेयर गर्न मोबाइल नम्बर लिलामीमा राख्ने र जन्म दिने बाबुको कसम खाने ती छोरी देख्दा मन खिन्न भएर आयो अनि सोचे धेरैले उनको फोटो सेयर गरिदेउन बाबुको जो कसम खाएकी छन ।

फेरि अर्का एक जना सुबास नाम गरेका मित्रले फेसबुकमा एउटा अपत्यारिलो सेवा सुरु गरेका रहेछन । सुरुमा त मलाइ बिस्वास लागेन । मैले खासै चासो पनि दिइन तर पछि मलार्इ पनि मेसेज आयो ।
तपार्इकाे पासवोर्ड पत्ता लागेको छ कृपया आफ्नो फेसबुकको पासवोर्ड परिवर्तन गर्नु होला । म एकछिन सोचमा परे अनी तुरुन्त पासवर्ड चेन्ज गरेर उनको प्रोफाइल हेर्न पुगे । त्यहा उनले आफुले ३० जना भन्दा बढीको फेसबुक पासवर्ड पत्ता लगाएको तर कसैको दुरुपयोग नगरेको र कसैको पनि प्रोफाइल नखोलेको भन्ने आसयको भिडियो पोस्ट गरेका थिय।
अनि फेसबुकको पासवर्ड पत्ता लगाउने तरिका र लिङ्क पनि सेयर गरेका थिए । कसै लाइ अरुको पासवर्ड पत्ता लगाउन परे आफुलाई सम्पर्क गर्न भनेका थिए । उनले भनेको कुरा कति आधिकारिक कति सत्य हो थाहा भएन तर पनि उनको प्रोफाइल र उनले युटुबमा अपलोड गरेको भिडियोमा अरुको पासवर्ड सजिलै पत्ता लगाएको देख्न सकिन्छ । त्यो हिसाबले पनि अपरिचित व्यक्तिसँग मित्र बन्नु र मेसेन्जरमा आयको जुन सुकै लीङ्क खोल्नु जोखिमपूर्ण देखिन्छ ।

फेसबुकमा बिचित्रका पात्र र प्रबृती देख्न सकिन्छ । फेसबुक पहिला त सुद्द व्यक्तिगत मनोरंजनको लागि प्रयोग गरिने सामाजिक संजाल हो । त्यस पछाडि अरु पाटाहरु पनि आउलान तर पनि फेसबुकको उपयोग सगै दुरुपयोग धेरै बढ्दो क्रममा छ ।
आफ्ना व्यक्ति गत फोटाहरु, आफुलाई मनमा लागेका बिचार, समाजमा घट्ने घटनाहरु पोस्ट गर्ने थलो फेसबुक त हो नै तर आज भोलिको ट्रेण्ड देख्दा फेसबुकको परिभाषा बदलिएको जस्तो भान हुन्छ । चुनाबमा भोट माग्ने माध्यम देखि सामाजिक कार्यका सुचना प्रबाह गर्ने र मानिसलार्इ मलामी बोलाउने देखि १३ दिनको पुण्य तिथीमा आउन खबर गर्ने माध्यम बनको छ फेसबुक ।
पछिल्लो लगन का ५० % बिवाह सायद फेसबुकका कारणले जोडिए होलान । आज भोलिको पुस्तामा अझै जो बिदेस छन ति युबा युवतीले आफुलाई मनपर्ने , आफ्नो सोचाइ , पढाइ सबै मिल्ने जोडी फेसबुक मार्फत नै खोजेर बैबाहिक बन्धनमा बाधिन थालेका छन । त्यसको असर दिर्घकालमा कस्तो पर्ला ति जोडी कति सफल होलान त्यो त भबिस्यले देखाउला तर बिवाह गर्नका लागि लमी वा मध्यस्तकर्ता को भूमिका कम भएको छ ।

फेसबुकमा एक थरि पात्र छन तिनका तर्क देख्दा लाग्छ तिनलाई मात्र देशको चिन्ता छ । केहि फेसबुकलार्इ पार्टी अफिस सम्झने मानिसहरु पनि छन । फेसबुकका भित्तामा देसका जिम्बेवार व्यक्ति , राजनीतिक दलका शीर्ष नेताहरुलाई हदैसम्मका गालीगलोज गरेका पोस्ट , फोटोसप गरेर बनाएका नानाथरी फोटो ,कार्टुन देख्दा यस्तो लाग्छ एउटा ठुलै तप्का देशका नेता बिरुद्द खनिएको छ । केहि मानिस यस्ता छन जो बिहान उठे देखि राती नसुतेसम्म आफ्नो पार्टीको पक्षपोषण र बिपक्षी पार्टीका नेतालाई खुइल्याउन ब्यस्त हुन्छन, लाग्छ पार्टी अफीसबाट महिना मरेपछि उनिहरु लाई तलब आउछ ।
फेसबुकलार्इ नै आधार बनाएर धेरै अनलाइन न्युज पोर्टल खुलेका छन । सही र सत्य तथ्यभन्दा पनि धेरैले पढून भन्ने उदेश्यले मन लागी समाचार , नसुहाउदो सिर्सक , अस्लिल सामाग्री पोस्ट गरेका भेटिन्छन । कती अनलाइन यस्ता पनि छन , एउटा हट शिर्सकमा समाचार लेख्छन , पाठक ले खोल्छ भित्र भित्र खोज्छ , खासमा त्यहा केहि सामाग्री नै हुदैन । केवल भिजीटरको सङ्ख्या बढाउनका लागि मात्र तेसो गरेका हुन्छन । न समाचारको श्रोत चाहिन्छ न त कुनै पुस्टि गर्न आवस्यक छ । जसलाई जे मन लाग्यो लेख्छन, न अनुगमन गर्ने कुनै निकाय छ न आजसम्म कोहि कारबाहीमा परेको थाहा छ ।
एक जना मानिस बिरामी पर्छ, हस्पिटलबाट सेल्फी पोस्ट गर्छ । एक जना बृदधकाे स्वभाबिक मृत्यु हुन्छ , उनको शबको देखि मलामी र चितामा जलाउदाका समेत तस्बिर पोस्ट हुन्छन । अनि बाबुको क्रियाक्रममा कुना बसेको छोराले स्टाटस लेख्छ । र जन्मदिन परेको साथीहरूलार्इ सुभकामना दिन्छ । जहाँ की किरिया बसेको मानिसले कसैलाई नमस्कार पनि नगर्ने हाम्रो सस्कार हो ।
ठुलो सडक दुर्घटना हुन्छन् धेरै मानिस को मृत्यु हुन्छ । एउटा मोटरसाइकललार्इ ट्रिपरले ठक्कर दिन्छ । मोटरसाइकल चालकको क्षताबिक्षत हेर्न पनि जिउ काप्ने फोटो अर्को एक जनाले फेसबुकमा पोस्ट गर्छ र क्याप्सन लेख्छ कृपया यो फोटो जति सक्दो सेयर गरिदिनु होला र कमेन्ट मा RIP लेखिदिनु होला ।
यो फोटो फलानो मन्दिरबाट आएको हो लाइक सेयर गरिदिनु होला । यो नाग जोडीको फोटो सेयर नगरे तपार्इको जीवनमा ७ बर्षसम्म नराम्रो हुनेछ भन्ने त्रास पूर्ण स्टाटस । यो बालक, यो बिरामको स्वास्थ्य लाभको लागि कमेन्ट बक्स मा Amen टाइप गरिदिनु होला भन्ने आग्रह । अनेक डर , त्रास , आग्रह पूर्वाग्रह ले भरिभराउ छ फेसबुक ।

केहि व्यक्तिहरुका अहंङ्कारले भरिएका , केहीका निरासाले । कोहिले नयाँ घर किनेका , नया गाडि किनेका , कोहिका सन्तान बिदेस हिडेका त कोहि आफै यात्रामा निस्किएका । भिन्न भिन्न रुप र चरित्र देख्न पाइने साझा चौतारी हो फेसबुक । के बृद्द के बालक ? के युवा के विवाहीत सबैको जीवनको अभिन्न अंग बन्न पुगेको छ फेसबुक । अब त यस्तो लाग्छ फेसबुकबिना मानब जीवन कल्पना गर्न पनि गार्हो हुन्छ होला ।
समग्रमा केही नयाँ काम गर्न, केही सकारात्मक सन्देस प्रवाह गर्न र कुनै पनि समाचार कुनै सुचना आम मानिस समक्ष पुर्याउन फेसबुक अत्यन्तै छिटो र प्रभावकारी माध्यम बनेको छ । एउटा सामाजिक संजालका सही पाटो मात्र ग्रहण गर्दै फेसबुकलार्इ सबैले प्रयोग गर्ने हो भने यसबाट समाजले र ब्यक्तिगत रुपमा हरेक प्रयोग कर्ताले ठुलो लाभ लिन सक्ने कुरामा दुइमत देखिदैन ।
प्रतिकृया दिनुहोस्
Loading...