'एनसेलको कमिसनमा माओवादी केन्द्रले भोट किन्दै छ'

  • नेपालगञ्ज, १२ चैत । 

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले एनसेलको कमिसनमा भोट किन्न लागेको आरोप लगाएका छन् । 

हिमाल, पहाड, तराई-मधेस अभियान अन्तर्गत शनिबार बाँकेको कोहलपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक डा. भट्टराईले एनसेलको अर्बौंको कमिशनमा नेकपा माओवादी केन्द्रले गाउँगाउँमा भोट खरिद गरिरहेको दावी गरे ।

मुलुकलाई निर्वाचनमय बनाउन संविधान संशोधन आवश्यक भएको बताउदै उनले तीनवटै तहको निर्वाचन सँगसँगै गरिनुपर्ने माग गरे । 

उनले प्रमुख तीन राजनीतिक दलले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएर निर्वाचन गराउन खोजेका कारण समस्या उत्पन्न भएको दावी समेत गरे । भट्टराईले संघीयताले मुलुकलाई झनै बलियो बनाउने भन्दै तराई–मधेसमा मधेस र थरुहट प्रदेश बनाउँदा कसैले आपत्ति गर्नुपर्ने बिषय नभएको बताए ।

पुराना पार्टीहरु भ्रष्टाचारकाे दलदलमा डुबेको बताउँदै उनीहरुबाट मुलुक समृद्ध हुन नसक्ने दावी गरे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...