बाबुरामको नयाँ शक्ति र उपेन्द्रको फोरमबीच एकता हुदै, कहिले हुन्छ घोषणा ?

  • काठमाडौं, १८ चैत्र ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। 

स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ । नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘एकीकरणका लागि सबै कुराहरू मिलेका छन्। 

सामान्य कुराहरू बाँकी छन्। चैत मसान्त भित्रै बाँकी कुराहरू मिल्नेछ। वैशाख १ गते वा पहिलो साता नै एकताको घोषणा हुन्छ,’ उनले भने। एकता पछि पार्टीको संरचना र पदीय जिम्मेवारीमन विषयमा छलफल जारी रहेको झाले बताए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...