निर्वाचनको मिती नजिकिएसँगै प्रचण्ड र वैद्य माओवादीबीच पार्टी एकता

  • काठमाडौं, १६ चैत । 

स्थानिय तहको निर्वाचनको मिती नजिकिएसँगै  धादिङमा प्रचण्ड र वैद्य माअाेवादीबीच पार्टी एकता भएको छ । 

बुधवार मोहन वैद्य ‘किरण’ निकटको (क्रान्तिकारी) माओवादी जिल्ला समिती धादिङ र प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र धादिङबीच एकता भएको हो ।

लामो समयदेखि दुई पार्टीको जिल्ला एकता गर्ने विषयमा छलफल चलेको र त्यहि छलफलको परिणाम स्वरुप एक कार्यक्रमको आयोजना गरि पार्टी एकता गरिएको माओवादी केन्द्र धादिङका सह–सचिव शैलेशले जानकारी दिए । ।

स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन दुई पार्टी विच एकताको आवश्यकता रहेको र स्वहि अनुरुप हामि पार्टी एकता गर्न तयार भएको निवार्तमान क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी हरि अधिकारीले बताए । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...