भालुको आक्रमणबाट धामीको ज्यान गयो

भालुको आक्रमण बाट बझाङको काँडा–३ का अखे धामीको ज्यान गएको छ ।
मंगलबार बेलुका भेडा चराउन गाउँ नजिकैको खाँडा कप्पाल जंगलमा गएका बेला ३५ वर्षका धामीलाई भालुले आक्रमण गरेको थियो ।
धामीको घटनास्थलमै ज्यान गएको छिमेकी माघि बोहराले बताए ।
धामीको घटनास्थलमै ज्यान गएको छिमेकी माघि बोहराले बताए ।
भेडालाई आक्रमण गर्न आएको भालुबाट भेडा जोगाउने क्रममा धामीलाई भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट ज्यान गुमाएका धामीका तीन छोराछोरी छन् ।
प्रतिकृया दिनुहोस्
Loading...