बग्दानमा आत्मघाती आक्रमण : १५ जनाको मृत्यु, ४० घाइते
- एजेन्सी, १७ चैत ।
प्रहरी चेकपोष्ट नजिक रहेको तेलको ट्यांकरमा लगेर आक्रमणकारीले कार बम विस्फोट गराएको सरकारी अधिकारीले बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले पछिल्लो समय इराकमा यस्तै खालका आक्रमण गर्दै आएको छ ।
इराकी सेनाले अहिले आइएसको कब्जामा रहेको मोसुल शहर आफ्नो नियन्त्रणमा लिनका लागि कारवाही अभियान चलाइरहेको छ । मोसुल इराकमा आइएसको कब्जामा रहेको अन्तिम शहरी क्षेत्र हो । अमेरिकी गठबन्ध सेनाको सहयोगमा भइरहेको कारवाही अभियान निष्कर्ष तर्फ उन्मुख भएको इराकी सेनाले बताएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...