साझा बस भक्तपुर भित्रयाए सम्पूर्ण रुट ठप्प पार्ने व्यवसायीहरूकाे कडा चेतावनी  

  • भक्तपुर, ७ चैत । 

भक्तपुरका यातायात ब्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन् । 

रफत सञ्चार क्लवमा आज पत्रकार सम्मेलन गर्दैै ब्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै विरोध जनाउँदै यदि यसो भए भक्तपुरका ग्रामीण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन् ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बससरहका गाडी मगाइएको बताउँदै साझा बस भित्रीए ग्रामीण रुट ठप्प पार्ने बताए । 

उनले ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेको बताउँदै शहरी भेगमा नाफा कमाउने हिसावले साझा बस भित्राउन खोजिएको बताए ।

सरकारले पहिला भक्तपुरमा साझा बस नपठाएको र ब्यवसायीले साझा बस भन्दा सुबिधा सम्पन्न बस भित्राउन थालेपछि काठमाडौंमा घाटा भएका बस भक्तपुरमा पठाउन थालेको उनकाे आरोप छ । 

कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम बासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताको लामो बस ४० वटा आउन लागेको अवस्थामा काठमाडौको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउने तयारि गरेकाे भन्दै त्यसकाे विरोध गरे।

नयाँ आउन लागेका साझा बस नयाँ नभएको र त्यसले जनताको समस्याको सम्बोधन नगर्ने उनकाे जिकिर छ । यात्रुहरुको सेवासुविधालाई ध्यान दिँर्दै समितिले प्रति मिनेटमा सेवा दिइरहेको ब्यवसायीको भनाइ छ ।

भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू र राजन कसलवटले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप लगाए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...