बाबु-छोराकाे घरझगडाले समाजवादी पार्टीमा विभाजन, फार्इदा मोदीलाई

  • काठमाडौँ, २८ फागुन । 

भारतको उत्तर प्रदेशमा समाजवादी पार्टीभित्रको बाबु–छोरो झगडाले भारतीय जनता पार्टीलाई फाइदा भएको छ । उत्तर प्रदेशमा सत्तारुढ समाजवादी पार्टीलाई धक्का दिँदै बीजेपी दुई तिहाई बहुमत नजिक पुगेको भारतीय मिडियाले जनाएका छन् ।

चुनावको मुखमा आएर समाजवादी पार्टीमा विभाजन आएको थियो । पार्टी नेता मुलायमसिंह यादव र उनका छोरा मुख्यमन्त्री अखिलेश यादवबीच विवाद उत्पन्न भएको थियो ।

भारतको सबैभन्दा ठूला प्रदेशको कुल ४०३ सिटमा भएको मतदानमा भाजपा ३ सय ८ सिटमा बिजयको सम्मुख छ । यो दुई तिहाइ बहुमत हो । राज्य सरकार बनाउन २०२ सीट आवश्यक पर्छ ।

प्रतिद्वन्द्वी समाजवादी पार्टी ६६ सीट र मायावतीको बहुमजन समाज पार्टी २० सीटमा खुम्चिँदैछ । उता पञ्जाबमा भने विपक्षी भारतीय राष्ट्रिय कांग्रेसलाई बहुमत मिलेको छ । कुल ११८ सीटमध्ये कांग्रेसले ६९ सीटमा अग्रता लिँदा आम आदमी पार्टी २५ सीट सहित दोस्रोमा पुगेको छ ।

त्यस्तै उत्तराखण्डमा भारतीय जनता पार्टी बिजय उन्मुख छ भने मणिपुरमा कांग्रेस र बिजेपीबीच कडा प्रतिस्पर्धा भइरहेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...