नेपालमा भएका भारु साट्न भारतीय पक्षसँग छलफल

  • काठमाडौं, १८ फागुन।

प्रतिबन्धित भारतीय नोट सटहीबारे नेपालले बुधबार भारतीय पक्षसँग छलफल गर्ने भएको छ ।

मंगलबार नेपाल आइपुगेको रिजर्व बैंक अफ इण्डिया (आरबीआई)का कार्यकारी निर्देशकको दुई सदस्यीय टोलीसँग बुधबार दिउँसो प्रतिबन्धित भारतीय ५ सय र हजार दरका नोट सटहीबारे छलफल गर्न लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

भारतीय टोलीसँग नेपालको बैकिङ प्रणालीमा रहेका भारतीय पाँच सय र हजार दरका नोट छिटोभन्दा छिटो सटही गर्नेबारे छलफल हुने बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । गएको नोभेम्बरमा भारत सरकारले पाँच सय र हजारको भारतीय नोट प्रचलनमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैकले सटही सुविधा माग्दै आएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...