प्रचण्ड र भारतीय वित्तमन्त्री जेट्लीबीच भेटवार्ता

  • काठमाडौं, १९ फागुन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय वित्तमन्त्री अरुण जेट्लीबीच भेटवार्ता भएको छ ।

दोस्रो लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आएका वित्तमन्त्री जेट्ली र प्रधानमन्त्री दाहालबीच बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिए । हुलाकी राजमार्ग, ट्रान्समिसन लाइन विस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न आग्रह गरेकेा प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा भारतीय बित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...