जाजरकोट बस दुर्घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीद्वारा दुःख व्यक्त

  • दिया चन्द ।

जाजरकोट सदरमुकाम नजिकै बहिबिार दिउँसो भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीले दुःख व्यक्त गरेको छ । पार्टीले यस दुर्घटनामा ज्यान गुमाउने सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छ भने घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका भेरी व्यूरो इञ्र्चाज जीवनले  शुक्रबार एक विज्ञप्ती जारी गर्दै दुर्घटनाबाट आफ्नो सहारा गुमाउने शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु भनेका छन् ।

विज्ञप्तीमा अगाडी भनएिको छ, ''बसमा सवार २६ जना यात्रुहरुको निधनले हामीलाई स्तब्ध बनाएको छ । हाम्रै जाजरकोटमा यस्तै कहालीलाग्दो दुर्घटनाबाट पिडित जाजरकोटी जनताहरुको दिलमा परेको भयानक घाउमा खाटा बस्न नपाउँदै फेरी उही प्रकृत्तिको दुर्घटनाले जाजरकोटी जनतामा अर्को बज्रपात परेको छ ।''

उनले यस्तैखाले अविराम विपद कहिलेसम्म ब्येहोर्नु पर्ने हो हामी उपेक्षित जनताले ?  भनेर प्रश्न पनि गरेका छन् ।

''यति ठुलो खेलवाड गरिन्छ निरीह जनताको जिवनसँग ? के यस्ता दुर्घटना न्यूनिकरण गर्नै नसकिने, अवस्यम्भावी कुरा हो ? यस्तै यस्तै जिज्ञासाहरु हाम्रा भावविह्रवल मनभित्र पैदा भइरहेका छन् । बताइरहनु पर्दैन कि जबसम्म यो देशमा व्यथिति, विकृति, भ्रष्टाचार र अव्यवस्था कायम रहन्छ तबसम्म हामी यो नियति ब्यहोर्न बाध्य हुनेछौ । यो दलालहरुको भद्दा संसदीय व्यवस्थामा दलालहरुलाई निर्वाध रुपले जनतालाई लुट्ने जति स्वतन्त्रता छ जनतालाई त्यो लुटबाट जोगिने कुनै स्वतन्त्रता छैन । किन कि विद्यमान बाटो (सडक)सुधार गर्ने, प्रमिट जारी गर्ने आदि अधिकार जनतामा छैन ।'' विज्ञप्तिमा उल्लेख छ ।

नेता जीवनले विज्ञप्तिमा अगाडी भनेका छन्, ''हिटलरका ग्याँस च्याम्बर जस्तै गाडीहरुमा कुनै निश्चित अट्ने संख्या तोकियको हुँदैन । सडकमा भएजति यात्रुहरुलाई गाडीमा कोच्ने प्रयाप्त सुबिधा छ गाडी मालिकहरुलाई । त्यसलाई नियन्त्रण गर्ने कुनै संयन्त्र छैन राज्यसँग, छ त केवल देखावटी मात्रै । ति त केवल पैसामा किनिन्छन् र बेचिन्छन् । यो जनता माथिको ठुलो खेलवाड हो ।''

राज्यसँग इच्छा शक्ति भएमा सडक दुर्घटना न्युनिकरणकालागि वैज्ञानिक तरिकाले सडक निर्माण अनि मर्मत सुधार गर्न सक्ने हैसियत रहे पनि त्यसो हून नसकेको नेता जीवनको आरोप छ । शाषकहरुले ज्यानमारा साधानभित्र यात्रुहरुलाई भेडाबाख्रासरी कोच्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने नियम र संयन्त्र छ भन्नु लज्जाको विषय भएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । साथै राज्यको गैर जिम्मेवारपनबाट घटेको यो दुर्घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कडा कार्वाही गर्न पन माग गरेका छन् ।

दोषीलाई कारवाही गरेर राज्यले मृतकहरुका परिवारलाई उचितक्षतिपुर्ति तथा घाइतेहरुको पुर्ण उपचार र क्षतिपूर्तिको व्यवस्था नगर जनअदालतको कठघरामा उभ्याई कडा कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी बाध्य हुने नेता जीवनको चेतावनी छ ।

२०७३ फागुन २७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...