नेपाली सीमामाथि हस्तक्षेप नगर्न गृहमन्त्री निधिको भारतलार्इ चेतावनी
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
सनिबार कञ्चनपुर पुर्नबास–८ मा गत फागुन २६ गते भएको घटनास्थलको निरीक्षण गर्न पुगेका उपप्रधानमन्त्री निधिले नेपालको सीमामाथि आँच पु-याउने काम आफूहरुलाई स्वीकार्य नहुने बताए । उनले यस प्रकारकाे गतिबिधी नगर्न भारतलार्इ चेतावनी दिएका छन् ।
उनले कसैले नेपालको सीमामाथि हस्तक्षेप गरे त्यो सरकारलाई स्वीकार्य नहुने प्रष्ट पार्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली प्रहारगरि कञ्चनपुर पुर्नवास–८ का गोविन्द गौतमको मृत्यु भएको घटनाबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पनि कुरा उठाएको पनि जानकारी दिए ।

यसैगरी गौतम पत्नीलाई उपप्रधान तथा गृहमन्त्री निधिले १७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।
सरकारले पीडित गौतम परिवारलाई दिने निर्णय गरेको १० लाख रुपैयाँ र नेपाली कांग्रेसले दिएको ७ लाख गरि १७ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...