सरकारको काउन्टरमा कम्युनिष्ट पार्टी, समानान्तर सत्तादेखि चुनाव बहिस्कारसम्म यस्ता छन् निर्णयहरु
- दिया चन्द ।
बैठकले सरकारले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको चुनाव हुनै नदिने निर्णय गरेको नेकपाका केन्द्रय सदस्य राप्तीले इमान्दार मिडियालाई बताए । चुनाव देश र जनताको आवश्यकताको विरुद्ध भएकोले औचित्यहीन भएको बैठकले निस्कर्ष निकालेको उनले जानकारी दिए ।
पार्टीले जनसंविधानअनुरुप स्थानीय जनसत्ता सुदृढ गरेर समानान्तर सत्ता सञ्चालन गर्ने, स्थानीय तहको चुनावमा जनतालाई चुनावमा सहभागी नहुन समेत आह्वान गर्ने, संगठन विस्तार गर्ने, आगामी बैशाख ५ गतेबाट देशभर जनसभा गर्ने लगाएका निर्णयहरू गरिएकाे नेता राप्तीले जानकारी दिए ।
'यो चुनाव संसदीय चुनावको निरन्तरता हो ।' उनले भने ‘देशमा जनसंविधान र जनसत्ता जारी भइसकेको अवस्थामा र परिवर्तनका विरुद्धमा संसदीय व्यवस्थाले घोषणा गरेको प्रतिक्रियावादी अहिलेको चुनाव भएकोले यसलाई हुनै नदिने निर्णय बैठकले गरेको छ ।’
त्यस्तै पार्टीले ३ महिने जनजागरण तथा एकीकृत जनप्रतिराेध अभियान संचालन गर्ने भएको छ । अभियान बैशाख ५ गते कञ्चनपुरबाट सुरू भएर देशका १५ बढी स्थानमा कार्यक्रम जनसभा गर्दै पूर्व झापासम्म पुग्ने छ ।
त्यस्तै बैठकले अब पार्टीका जिल्ला सतिहरुमा इन्चार्ज र सेक्रेटरी रहने निर्णय गरेको छ । साथै जीवन्त, विरजङ्ग र गम्भीरलाई पार्टी केन्द्रीय समितिबाट पोलिट ब्युरोमा बढुवा गरेको छ ।
स्तै कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले गरेको गोविन्द नेपाली हत्याको विरोध र सीमा रक्षाका लागि अपिल गर्न जनसभा आयोजना गर्न लागिएको नेता राप्तीकाे भनार्इ छ ।
प्रतिकृया दिनुहोस्
Loading...