नेपालद्वारा १ सय ४ रनको लक्ष्य प्रस्तुत, केन्या जवाफी ब्याटिङमा (लाईभ हेर्नुहोस्)

  • काठमाडौं, २८ फागुन । 
विश्व क्रिकेट लिग डिभिजन अन्तर्गत कृतिपुरमा जारी खेलमा नेपालले केन्यासामु १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, बर्षाका कारण लक्ष्य नयाँ दिइएको छ । डिएल मेथडअनुसार केन्याले १०४ रनको लक्ष्य पाएकाे हो । अब केन्याले २९ ओभरमा १ सय ४ रन बनाउनुपर्ने छ ।

शुक्रबार रातीबाट परेकाे बर्षाका कारण निर्धारीत समयभन्दा ढिलाे सुरू भएकाे खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो ।

वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । 

कप्तान पारस खड्का अस्वस्थता भएका कारण शनीबार नेपालकाे कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाए भने ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किएका थिए । 

सागर पुन १० रनमा आउट हुदाँ शरद भेषावकरले ३ रन मात्रै जाेडे भने विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले मात्र २ रन बनाउन सके । 

शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेकाे खेलमा आजबाटै राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाएका थिए यस्तै बसन्त रेग्मी ६ रनमै अाउट भए। । 

केन्या अहिले जवाफी ब्याटिङमा उत्रिएकाे छ । हेर्नुहाेस् लार्इभ


, ,

प्रतिकृया दिनुहोस्

Loading...