नेपाल र केन्याबीचको खेल वर्षाका कारण प्रभावित, छाता ओढेर दर्शक मैदानमा

  • काठमाडाैं, २८ फागुन ।
आज हुन लागेकाे नेपाल र केन्याबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। हिजो रातीदेखि नै लगातार पानी परिरहेका कारण खेल निर्धारित समयमा सुरु हुन् सकेको छैन । यसअघि निर्धारित ९: ३० बजे खेल हुने तालिका थियो।

आइसिसिकाले अहिले पिचको अवलोकन गर्दै घाम नलागेसम्म खेल नहुने बताएको छ । खेल ढिलो सुुरु भएर शनिबार पहिलो इनिङमात्र भ्याइएको अवस्थामा दोस्रो इनिङ आइतबार खेलाइनेछ। खेल सुरु नै हुन नसके आइतबार सुरुदेखि नै खेल हुने सम्भावना छ।

केही मसय अगाडि वर्षा अलिक मकम भएकाले पिच खोलिएको थियो। अहिले फेरि पानी पर्न थालेपछि पिच छोपिएको छ।

दर्शकहरूछाता अाेढेर मैदानमा छिरिरहेका छन्। वर्षा रोकिने आशमा दर्शकहरू मैदान आउनेक्रम जारी छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...