आफ्नै भूमिमा केन्यसँग नराम्ररी हार्‍यो नेपाल, घरेलु समर्थकहरु निराश

  • काठमाडौं,२८ फागुन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले केन्यासँगआफ्नै नेपाली भूमिमा हार व्यहोर्नुपरेको परेको छ ।

बिहान ९ बजेदेखि सुरु हुने भनिएको खेल वर्षाका कारण साढे ११ बजेदेखि सुरु भएपछि तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको थियो । जसकारण केन्याले जितका लागि ९४ रनको लक्ष्य पाएको थियो । उसले उक्त लक्ष्य ४ ओभर १ बलमा हासिल गर्यो । 

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा केन्यासँग ५ विकेटले पराजित भएपछि समर्थकहरु निराश बनेका छन् । पानीको समेत परबाह नगरी बिहानैदेखि नेपाली टोलीको हौसला बढाउन समर्थकहरु कीर्तिपुर पुगेका थिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालका लागि ज्ञानेन्द्र मल्लले २७, दीपेन्द्र सिंह ऐरीले १९ र सागर पुनले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यस्तै शक्ति गौचन र सोमपाल कामी क्रमशः १८ र १५ रन बनाएर खेल्दै गर्दा पानी पर्न पुगेको हो । बलिङ तर्फ केन्याका सेम नेगोचीले सर्वाधिक तीन विकेट लिए ।

यस्तै केन्याको जितमा रकिप पट्टेलले सर्वाधिक ३४ रनको योगदान दिए भने कोलिन्सले २४ रनको योगदान दिँदा अरु ब्याट्समान भने खासै चल्न सकेनन् । यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो ।

हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कठीन बनेको छ । ९ खेल खेलेको नेपालको जम्मा ६ अंक रहेको छ भने छैटौं स्थानमा रहेको छ भने केन्या १० अंकसहित पाँचौं स्थानमा रहेको छ । शीर्ष ४ मा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...