एसिसी इमर्जिङ कप : नेपालले पायाे २१५ रनको लक्ष्य

  • काठमाडाैं, १७ चैत्र ।

बंगालदेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २१५ रनको चुनौती दिएको छ। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो। हङकङका लागि ओपनरद्वय क्यामरोन र अंशुबमले सर्वाधिक ९५ रनको साझेदारी गरे। नेपालका लागि अभिनाश कर्णले सर्वाधिक ३ विकेट लिए।

यस्तै भुवन कार्की, शुसान भारी र कप्तान ज्ञानेन्द्र मल्लले २-२ तथा सन्दिप लामिछाने १ विकेट लिए। 

नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो ।

यस्तै हङकङले बंगलादेशसँग ८ विकेट र पाकिस्तानसँग २८४ रनले पराजित भइसकेको छ। दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो ।

एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...