हङकङविरूद्ध टस जितेर नेपाल बलिङ गर्दै, ज्ञानेन्द्रले लिए लगातार दुई विकेट

  • काठमाडौं, १७ चैत्र ।
बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले हङकङविरूद्ध दोस्रो सफलता हात परेको छ। कप्तान ज्ञानेन्द्र मल्लले फेरि दोस्रो विकेट लिए। २३औं ओभरको दोस्रो बलमा मल्लले क्याम्रोन म्याकुल्सेनलाई आउट बनाएका हुन्।

उनले ४३ रन बनाएका थिए। दुबै ओपनरलाई मल्लले आउट बनाएका हुन्। यसअघि कप्तान मल्लले २१औं ओभरको अन्तिम बलमा अंशुबम रथलाई आउट बनाए। ६० बल खेलेका उनले नेपालविरूद्ध ५० रन प्रहार गरेका थिए।

नेपालले टस जितेर हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको छ। दुबैले यसअघिका दुवै खेल गुमाएका थिए। त्यसैले दुबैका लागि आज प्रतिष्ठाका लागि मात्रै हो। नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो ।

यस्तै हङकङले बंगलादेशसँग ८ विकेट र पाकिस्तानसँग २८४ रनले पराजित भइसकेको छ। दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो ।

एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...