भारतीय हस्तक्षेपको प्रतिरोधमा उत्रिए नेपाली, दशगजामा ढुंगा हानाहान

य 
  • कैलाली, २६ फागुन । 
भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरु र नेपालीहरुबीच सीमा क्षेत्रमा झडप भएको छ । अहिले त्यहाँ भारतीय हस्तक्षेपविरुद्ध नेपालीहरुले नाराबाजीसमेत गरेका छन् । भारतीय एसएसबी नेपालमा आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ ।

प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच कञ्चनपुरस्थित नेपाल(भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासीहरु प्रतिरोधमा उत्रिएका त्यहाँबाट रगेन्द्र चन्दले इमान्दार मिडियालाई बताए । आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।

बुधबार साँझ एसएसबीले नेपाली भूमिमा छिरेर कुटपिट गरी नेपालीहरु घाइते भएका थिए । नेपालीलाई भूमिमा भारतीय ज्यादतीको विरोधमा बिहीबार आज बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका हुन् ।

अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयासमा रहेका छन् ।

उसो त (एसएसबी) ले यस प्रकारको ज्यादती गरेको भने पहिलोपटक होइन ।   भारत जाने तथा घर फर्किरहेका नेपालीहरूले यस्तो समस्या पटक - पटक भोग्दै आएका छन् । विशेषगरी चाडबाडका बेला सीमावर्ती भारतीय बजारमा किन मेलाका लागि जाने एवं भारतका गल्लीहरूमा डण्डा बजारेर कमाएको दुई पैसा ल्याएर घर फर्किरहेका नेपाली बढी दुख पाउँछन र कुटिन्छन पनि ।

उता महाकाली पारिका २ गाविस दोधारा चाँदनीमा पनि नेपालीहरुको घरभित्रै आएर भारतीय सुरक्षाकर्मीले अभद्र व्यवहार गरेका घटनाहरु बेला बेलामा सार्वजनिक हुने गरेको छन् । नेपाल सरकार यस विषयमा अहिलेसम्म गम्भीर हुन् नसकेको सरोकारवालाहरुको आरोप छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...