निवासमै पुगेका प्रधानमन्त्री प्रचण्डलाई काँग्रेस सभापति देउवाले सातो जानेगरी झपारे !

  • काठमाडौँ, १८ चैत ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को वरियताको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कडा रुपमा प्रस्तुत भएका छन् ।

चीनको एक सातो लामो भ्रमण सकेर नेपाल फर्किएलगत्तै बिहीबार देउवालाई भेटन प्रधानमन्त्री प्रचण्ड बुढानिलकण्ठ निवासमै पुगेका थिए ।

आफ्नै निवासमा आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवा झपारेका हुन्। ‘काँग्रेस सरकारमा सहभागी सबैभन्दा ठूलो दल हो, यसैले निधिजीलाई तपाईंपछिको रोलक्रममा राख्नुस् । मेरो र हाम्रो पार्टीको अडान यही हो ।’, देउवा कडा रुपमा प्रस्तुत भए ‘त्यो तपाईंले गर्ने कि नगर्ने ? तत्कालै मिलाउनुस ।’ उनले पुनः प्रश्न गरे ।

मैले बुझें, म मिलाउँछु । छिट्टै मिल्छ ।’ देउवाको आक्रोश देखेपछि प्रचण्डले जवाफ दिए ।

वरियतामा उपप्रधानमन्त्रीमध्ये कमलथ थापा अघि कि निधि भन्ने विवादले प्रचण्डले चीन भ्रमणमा जाँदा समेत कार्यबाहक प्रधानमन्त्री तोक्न सकेका थिएनन् । जसकारण मुलुक एकसातासम्म प्रधानमन्त्रीविहीन अवस्थामा रह्यो । 

मन्त्रिपरिषद्को बैठकमा बस्नेदेखि प्रधानमन्त्रीलाई बिदाई र स्वागत गर्ने बेलासम्म थापा र निधिबीच सार्वजनिक रुपमै विवाद छताछुल्ल भएको थियो ।

बुधबार अन्तर्राष्ट्रिय विमानस्थलमा समेत २ उपप्रधानमन्त्री कमल थापा र निधिले पत्रकारहरुको क्यामरा अगाडी नै झगडा गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...