लेस्टर सिटीका भर्डीलार्इ ज्यान मार्ने धम्की, परिवारमाथि समेत हानी पुर्‍याउने प्रयास

  • एजेन्सी, ८ चैत ।
लेस्टर सिटीका स्ट्राइकर जेमी भर्डीले क्लाउडियो रानिएरी प्रशिक्षकबाट बर्खास्त भएदेखि आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बताएका छन् ।

रानिएरी बर्खास्त भएदेखि आफ्नो परिवार निशानामा परेको भर्डीले बताएका छन् । रानिएरीलाई बर्खास्त गर्नुमा भर्डीको हात रहेको आरोप लाग्ने गरेको छ । खेलाडीको असहयोगका कारण गएको सिजन असम्भव प्रायः मानिएको इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक रानिएरी बर्खास्त भएको आरोप लाग्ने गरेको छ । तर भर्डीले भने रानिएरी बर्खास्त हुनुमा आफ्नो हात रहेको भन्ने आरोप गलत र पीडादायक रहेको बताएका छन् ।

रानिएरीको प्रशिक्षणमा यो सिजन खराब प्रदर्शन गरेको लेस्टरले उनलाई बर्खास्त गरेपछिका सबै खेलमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । क्लबलाई उपाधि दिलाएको ९ महिनापछि गएको फेब्रुअरी २३ मा लेस्टरले रानिएरीलाई बर्खास्त गरेको थियो । त्यसपछि क्रेग शेक्सपिएरले प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । भर्डीले आफू र आफ्नो परिवारमाथि आउने गरेका धम्की निकै डरलाग्दो रहेको बताएका छन् ।

उनले भने ‘च्याम्पियन्स लिग अन्तर्गत सेभिल्लासँगको अन्तिम १६ को पहिलो लेगपछि प्रशिक्षकलाई बर्खास्त गर्न भन्दै मैले क्लबका पदाधिकारीसँग भेट गरेको खबर आए । तर त्यो झुट हो, म त एन्टी–डोपिङ टेस्टका लागि बसेको थिएँ ।’ त्यसपछि धेरै मानिसले आफूमाथि ज्यान मार्ने धम्की दिने गरेको भर्डीले बताए ।

उनले आफ्नो परिवारमाथि पनि यस्तै धम्की र हानी पुर्‍याउने प्रयास भएको बताए । रानिएरी बर्खास्त हुनुमा आफूमात्रै नभएर कुनै पनि खेलाडीको भूमिका नरहेको भर्डीले दाबी गरे ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...