‘डन’ दीपक मनाङ्गेका विश्वासपात्र गुन्डा नाइके ललितपुरबाट पक्राउ

  • काठमाडौं, ७ चैत । 

‘डन’ दीपक मनाङ्गेका विश्वासपात्र अर्थात खास मान्छे गुन्डा नाइके युवराज खड्का पक्राउ परेका छन् ।

उनलार्इ सोमबार दिउँसो जावलाखेलको एकान्तकुनाबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ । आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै उच्च निगरानीमा रहेका युवराज खड्कालाई अपराध अनुसन्धान शाखा ललितपुरको प्रहरीले नियन्त्रणमा लिएको हाे ।

‘डन’ दीपक मनाङ्गे र सेन्ट्रल जेलमा रहेका गुन्डा नाइके रमेश बाहुन (सुजन)का निकटका युवराज खड्काले ललितपुर जिल्लामा जबरजस्ती चन्दा असुली, अबैध जुवा खेलाउने, मिटर व्याजमा पैसा दिने, जग्गा प्लटिङमा जबरजस्तु असुली, अपहरणलगायतका क्रियाकलापमा गर्दै आएको स्थानीय पीडितहरूको गुनासो छ ।

ललितपुरका कार्यबाहक प्रहरी प्रमुख एसपी अशोक सिंहले पनि युवराज खड्कालाई आपराधिक गतिविधिका विषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको स्वीकार गरे । सिंहले भने, ‘युवराज खड्कासहितका केही व्यक्तिहरूलाई हामीले संकास्पद गतिविधि गरेको आशंकामा उच्च निगरानीमा राखेका छौँ । आपराधिक क्रियाकलापमा संलग्न रहेको आसंकामा सोधपुछका लागि ल्याएका हौँ ।’

यिनै खड्काले ललितपुरका उद्योगी, व्यापारीहरूकाे सूची तयार पारेर जेलमा रहेका रमेश बाहुनलार्इ दिएर जेलभित्रैबाट फोन गराइ प्रकाश मालीसँग मिलेर जबरजस्ती असुली गर्दै आएको स्रोतको भनाइ छ ।

युवराज खड्कासँगै रहेका मालीकाे पनि खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

तस्विर ः दैनिक नेपालबाट

,

प्रतिकृया दिनुहोस्

Loading...