अमेरिकी राष्ट्रपति ट्रम्प जब ट्रक ड्राइभर बने
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiTtIGWMgA_6C1thuviu2sl7Fk6LrfyYuixwYhvi8sz8tnj024OXeN5fmcNI5-Zu8H87SmzWp7u_N5nY2ZwhELRoMm6TU0OQKjmdDMDp78J-vm6S2MMjb_0GPR_RfRbrBJuCdNBeSKm6dI/s640/Trum-ptruck.jpg)
- एजेन्सी ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा भएको एक ट्रकमा चढेर हर्न बजाए । जतिबेला उनी ट्रक ड्राइभर जस्तै देखिए । तर, उनले ट्रक उद्योगका प्रतिनिधीहरुको स्वागतका लागि यस्तो गरेका थिए ।
सञ्चार माध्यमहरुको उपस्थितिमा हिजो मध्यान्ह राष्ट्रपति ट्रम्पले ट्रक कम्पनीका अध्यक्ष र ट्रकका चालकसंग हात मिलाए । त्यसपछि उनले ह्वाइट हाउसमा रहेको ट्रकमा चढेर कैयौं पटक हर्न बनाए र ढोका बन्द गरे ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgeOqfQ0XTX85kSCJq07q3jp2mgaS6TMdylCnG-CsRQox71csOSGoe4Xqv8KbyiZ9UXmfHTaaYPjuYjXkI8csPd63_oEzofcIGVCn62yUKmEPspV_VfS9Fe8caloOsekZKABOHETRC1Zsc/s640/trump-truck.jpg)
जुन कुराले सामाजिक सञ्जालमा निकै स्थान पायो । पछि ट्रम्पले ह्वाइट हाउसमा मन्त्रिमण्डल कक्षमा ट्रक कम्पनीका अध्यक्ष र चालकहरुसंग भेटघाट गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...