ओबामाको जलवायु परिवर्तन सम्बन्धी नीति ट्रम्पद्वारा रद्द
- काठमाडाैं, १६ चैत ।
राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले जलवायु परिवर्तन रोक्ने सम्बन्धमा जारी गरेको नीतिहरु रद्द गर्ने सम्बन्धी कार्यकारी ओदशमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पको आदेशपछि अब ओबामा प्रशासनले जलवायु परिवर्तन नियन्त्रण सम्बन्धमा जारी गरेका ६ भन्दा धेरै नीति प्रभावित भएका छन् । ओबामा प्रशासनको जलवायु नीति कोइला विरोधी र त्यसका कारण रोजगारी कटौती भएको राष्ट्रपति ट्रम्पको आरोप छ ।
अब रोजगारी बढ्ने ट्रम्पको दाबी छ । ट्रम्पको नयाँ आदेश अनुसार अब कोइलासहित जीवाश्म इन्धनको प्रयोगले बढावा पाउने छ । व्यावसायीक समूहले ट्रम्पको कदमको स्वागत गरेका छन् ।
तर वातावरण संरक्षणकर्मीसहित यो क्षेत्रमा सरोकार राख्नेहरुले ट्रम्पको कदमको विरोध गरेका छन् । आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले कोइलाको विषयमा हुँदै आएको द्वन्द्व आफूले अन्त्य गरेको दाबी गरे ।
ओबामाले जलवायु परिवर्तन भइरहेको र यसबाट कोही पनि पर जान नसक्ने बताउँदै अाएपनि ट्रम्प भने त्यसको विपक्षमा छन् ।
प्रतिकृया दिनुहोस्
Loading...