दशगजा क्षेत्रमा एसएसबीले गोली हानि यसरि लियो नेपालीको ज्यान हेर्नुहाेस् exclusive भिडियाे

कल्भर्ट निर्माण देखि सुरु भएको आनन्द बजारको विवादले उग्र रुप लियो । एसएसबीका प्रहरी निरीक्षक टि.के हंकले चलाएको पेस्तोलको गोलिबाट स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । 

हतियार सहित नेपाली बजारमा घुसेका एसएसबी र भारतीय स्थानीय संग नेपाली स्थानीयको ४ घण्टा लामो झडप भयो । भारतीय एसएसबीले नेपाली माथी १२ राउन्ड फायर गरेको थियो । 

भारतीय पक्षबाट फायर हुँदा सम्म नेपाली प्रसाशन मौन बसेको भन्दै नेपाली ससस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीलाई आक्रोशित स्थानीयले आक्रमण गरि घाइते बनाएका छन । 

आनन्द बजार नजिक कल्भर्ट निर्माण सुरु गरेपछि अवरोध पुर्याएको भारतले १५,२० दिन अघि नै सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुंवर सग भएको वार्ता उल्लंघन गर्दै पटकपटक सम्झौता विपरीत अवरोध गरिरहे पछि आज भारतीय एसएसबी सहित भारतीय स्थानीयहरुले स्याम गुरुङको घर भत्काएका छन भने कैयौं मोटरसाइकल, भौतिक संरचना, भत्काएका छन ।

हेर्नुहाेस् भिडियाे ।



२०७३ फागुन २६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...