पत्रकार महासंघ ललितपुरमा तालाबन्दी (प्रेस विज्ञप्तिसहित)

  • ललितपुर २६ फागुन ।
नेपाल पत्रकार महासंघ ललितपुर साखमा तालाबन्दी गरिएको छ । 

महासंघ जिल्लाको चुनाव नजिकै आइरहको बेला आचारसंहिताको उल्लंघन गर्दै माओवादी केन्द्रको निकट संगठन प्रेस सेन्टरले एकै पटक अन्तिम समयमा ३५ जना भन्दा बढी सदस्यलाई स्थानान्तरण गरेको बिरोधमा ताला बन्दि गरिएको हो ।

महासंघ केन्द्रीय महासचिवको आडमा ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले एकलौटी रुपमा ललितपुर महासंघ कब्जा गर्ने उद्देश्यले सदस्य स्थानान्तरण गरेको तालाबन्दी गर्ने पत्रकारहरुको आरोप छ ।

उनका अनुसार ललितपुर अध्यक्ष न्यौपानेले क्रियाशिल पत्रकारहरुलाई सदस्यता लिनबाट बञ्चित गर्ने, मनोमानी ढंगले सदस्यता स्थानान्तरण गर्ने, किर्ते सदस्य खडा गर्ने जस्ता गैर जिम्मेवारपूर्ण हर्कत जारी राखेका छन् ।

पत्रकार महासंघ ललितपुरमा प्रेस सेन्टरको एकलौटी रुपमा संगठन कब्जा गर्ने नियत विरुद्ध अरु चार पत्रकार संगठनले आजदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेको बताएका छन् ।

बिहिबार साझ एक प्रेस विज्ञप्ति निकाल्दै प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संगठन, प्रेस युनियन, र प्रेस सोसाइटीले तालाबन्दी गरिएको जानकारी दिएका छन् ।

प्रेस चौतारी अध्यक्ष डिल्लीराम आचार्य, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य रामशरण न्यौपाने, प्रेस युनियन ललितपुर अध्यक्ष जानुका बराल र प्रेस सोसाइटी ललितपुर संयोजक गणेश आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल समस्याको समाधान नगरे नेपाल पत्रकार महासंघ केन्द्रमा तालाबन्दी गर्ने बताइएको छ ।




,

प्रतिकृया दिनुहोस्

Loading...