केरा खाँदै फुटवल खेलपछि म्यानचेष्टरका डिफेन्डर रोजोमाथि कारवाहीको माग


एजेन्सी, ४ चैत ।

युरोपा लिगको बिहीबार राति भएको म्यानचेष्टर युनाइटेड र एफसी रोस्तोभबिचको खेलमा एउटा अनौठो दृश्य देखियो ।

म्यानचेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्रापोडमा भएको दोस्रो लेगको खेलमा म्यानचेष्टर युनाइटेडका डिफेन्डर मार्कोस रोजो मैदानमै केरा खाएर दौडिरहेको अवस्थामा फेला परे ।

जुवान माटाले गोल गरेको चार मिनेटपछि अर्थात ७४ औं मिनेटमा उनी केरा खाँदै मैदानमा दौडिरहेका थिए । रोजालाई केरा भने एस्ले यङले दिएका थिए ।

केरा खाँदै फुटवल खेलपछि उनलाई धेरैले अनुशासन हिन काम गरेको भन्दै कारबाही गर्नु पर्ने आवज पनि उठाएका छन् । कतिपयले भने उनको शक्तिको स्रोत केरा भन्दै जिस्काएका थिए । घरेलु मैदानमा भएको खेलमा त्यति सिरियस नदेखिएका उनले खेलमा पनि प्रभाव जमाउन सकेनन् ।

खेलको अन्यतिर म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले मैदानमा खेलिरहेका खेलाडीलाई केरा देखाउँदै गरेको फोटो पनि देखिएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...