एसिया कप छनौट खेल खेल्न फिलिपिन्स जाने फुटबल टोलीको विदाई
काठमाडौं, ११ चैत ।
एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न शनिबार फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ ।
आउँदो मंगलबार फिलिपिन्सँग हुने खेलको लागि चैत २ गते २० सदस्यीय नेपाली टाेलीकाे घोषणा भएको थियो । नेपाली टोलीमा अनिल गुरुङ्ग परेका छैनन् भने चोटका कारण टिममा युवा स्ट्राइकर नवयुग श्रेष्ठ पनि टिम बाहिर छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडीलाई शुभकामना दिँदै युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले नेपाली टोली नेपाल र नेपालीलाइ फेरी पनि जितको खुशी दिनेमा आफू ढुक्क रहेको बताए ।
खेलकुद संरचना निर्माणको लागि आफूले निकै पहल गरेपनि लामो विधी प्रक्रियाका कारण काम चाँडो हुन नसकेको स्वीकार गर्दै उनले फुटबल संरचना विकासको लागि आगामी बजेटमा ठूलो रकम खर्च तयारी भइरहेको बताए । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले विभिन्न कारणले कुनै देशसँग नेपाली टोलीले अभ्यास खेल्न नपाए पनि तर फिलिपिन्ससँग ढुक्क खेल्न आग्रह गरे ।
नेपाली फुटबल टाेलीका कप्तान विराज महर्जनले नेपाल भन्दा फिलिपिन्स बलियो देश भएपनि आफुहरु जित्नकै लागि मैदान उत्रने बताए ।
नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । नेपालले होम एण्ड अवे पद्धति अनुसार यी ३ देशसँग ६ खेल खेल्ने छ । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।
प्रतिकृया दिनुहोस्
Loading...